कोरोनाबाट दैलेख र वाजुरामा २ जनाको मृत्यु, संक्रमित १ हजार ५ सय ६७ पुगे – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कोरोनाबाट दैलेख र वाजुरामा २ जनाको मृत्यु, संक्रमित १ हजार ५ सय ६७ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरसको कारण दैलेखमा ३५ वर्षे पुरुष र बाजुरामा २ वर्षे बालिकाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ । ३५ वर्षे पुरुषको क्वान्टाईनमा र वालिकाको अस्पतालमा मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आठ दिनअघि बाबु आमासँगै भारतबाट आएकी वाजुराकी २ वर्षे वालिकाको आज आइतबार विहान २ बजेर ३० मिनेटमा बाजुरा अस्पतालमा मृत्यु भएको जनाए ।
ज्वरो, झाडा पखाला लागेपछि क्वारेन्टाइनमा बसेकी ति वालिकालाई जेठ १५ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको जेठ १६ गते नै स्वाव परिक्षण गरिएको थियो ।
यस्तै, दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं ७ को विद्युत प्राधिकरणको क्वारेन्टाइनमा रहेका दुल्लु नगरपालिका वडा नं ११ का ३५ वर्षे पुरुषको हिँजो मृत्यु भएको हो । यसअघि मृत्यु भएका ६ जनामा ५ जनाको मृत्युपछि मात्र कोरोना संक्रमणको पुष्टी भएको थियो ।
कोरोनाका कारण मृत्यु हुनेको सख्या बढेसँगै संक्रमितको सख्या पनि दैनिक एक सय ५० भन्दा बढीको दरले बढ्न थालेको छ । आइतबार थप एक सय ६६ जनामा कोरोना भाइरहसको संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमध्ये १ सय ६२ जना पुरुष र ४ जना महिला छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार सुर्खेतको प्रादेशीक अस्पतालमा गरेको परिक्षणबाट सल्यान जिल्लाको कुपिन्डेमा मात्र २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै, सुर्खेतको वराहमा १ जना, कपिलबस्तुको शिवराजमा १ जना वाँकेको नरैनापुरमा २ जना, नेपालगञ्जमा ४ जना र बैजनाथमा १ जनामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, सप्तरीको राजगढमा १२ जना, कैलालीको भजनीमा १, जानकीमा १, श्रीनगरमा १ र वाजुरामा २, स्याङजाको गल्याङमा २, पर्षाको सुगौलीमा ५, कालिकोटमा १६, बाजुराको महलमा ५, दैलेखको देवलदाङमा ५, दैलेखकै दुल्लुमा १, नारायण नगरपालिकामा ९, सिम्तामा १, रातापानीमा १, साधुका १ जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टी भएको छ ।
झापाको गौरीगंजमा ४ जना, विराटनगरमा १, धनुषाका २१ ज्ना, कपिलबस्तुको महाराजगंजमा ४ जना, रौतहटमा २९ जना र सर्लाहीमा १ वर्षे वालकसहित १० जना संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २९ जना, प्रदेश २ मा ६ सय २४ जना, वागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २३ जना, प्रदेश ५ मा ५ सय ६० जना, कर्णाली प्रदेशमा १ सय २३ जना र सूदुरपश्चिम प्रदेशमा २७ जना संक्रमित देखिएको छ ।
संक्रमितको सख्या बढेसँगै नेपालमा कोरोनाको उपचारबाट निको भइ घर जानेको सख्या २ सय २० पुगेको छ । त्यसमा महिला ४८ जना र १ सय ७२ जना पुरुष रहेका छन् ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ जेष्ठ १८, १७: २६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ जेष्ठ १८, १७: २६

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ जेष्ठ १८, १७: २६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...