कोरोना संक्रमित २सय १ थपिए, देशभर संक्रमित २ हजार ३ सय पुग्यो – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

कोरोना संक्रमित २सय १ थपिए, देशभर संक्रमित २ हजार ३ सय पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बुधबार २ सय १ जना थपिएसँगै दुइ हजार तीन सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाए । उनले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सबैभन्दा धेरै २ नम्वर प्रदेशमा संक्रमित बढेका छन् ।
संक्रमितको सख्या बढेपनि आज थप १२ जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट १ स्वास्थ्यकर्मीसहित ४ जना र जनकपुर अस्पतालबाट धनुषा, महोत्तरी र सर्लाहीका ५ जना डिस्चार्ज भएका हुन् ।
त्यस्तै, टेकु अस्पतालबाट १, बलम्बुबाट रौतहटका १ टिचिङ अस्पतबाट कपिलवस्तुकी १ बालिका डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ । डिस्चार्ज हुनेमा २ सय २२ जना पुरुष ५६ जना महिला रहेका छन् ।
पीसीआर विधिबाट ८० हजार २ सय ६७ जनाको र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइन रहेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ जेष्ठ २१, १७: २४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ जेष्ठ २१, १७: २४

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ जेष्ठ २१, १७: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...