नेपाल बायुसेवा निगम डुबाउन मन्त्रीकै साथ – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

नेपाल बायुसेवा निगम डुबाउन मन्त्रीकै साथ

काठमाडौं । पूर्वएमाले पृष्ठभूमि भएका नेकपाका युवा नेतामा आशा लाग्दा नेता योगेश भट्टराईको कमिसन मोह र असक्षमताका कारण लाखौं नेपालीले लकडाउनको समयमा झन सकस बेहोर्नु परेको छ ।

बैदेशीक रोजगारीका क्रममा बिदेशमा अलपत्र परेका नेपालीलाई उद्धारको नाममा तीन महिनापछि चार्टड हवाई उडान गरेर करोडौं कमिसन यति समूहकै लगानी भएको हिमालयन एयरलायन्सलाई सुरक्षित गराएका छन् । नियमित भाडाभन्दा दोब्बर भाडा पीडित बैदेशीक रोजगारमा गएका नेपालीबाट उठाएर निकम्मा मन्त्री सावित भएका छन् ।

उनले अलपत्र परेका बैदेशीक मजदुरलाई उद्धारको नामा कोरोना कोषबाट प्राप्त भएको रकम समेत अपारदर्शी ढंगले खर्च गरेका छन् । मन्त्री योेगेशले नीजि क्षेत्रको हवाई कम्पनी हिमालयन एयरलाइन्सलाई पोस्नकै लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई टाट पल्टाउने रणनीति अपनाएका छन् ।

त्यसको पछिल्लो उदाहरण विदेशमा अलपत्र परेका मजदुरलाई चार्टड उडान मार्फत उद्धार गर्ने नाममा दोब्बर र तेब्बर हवाई भाडा लिएर विदेशी एयरलाइन्स र यति समुहकै लगानी रहेको हिमालयन एयरलाइन्सलाई पोष्ने काम गरेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट एक अर्ब ३४ करोडको ठेक्का पाएर चीनबाट स्वास्थ्य सामग्री ल्याएको बद्नाम ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल प्रालिले जहाज भाडा तीन महिना वितिसक्दा पनि तिरेको छैन । ओम्नीले स्वास्थ्स्य सामग्री ढुवानीको रकम सरकारबाट बुझेर नेपाल वायु सेवा निगमलाई नबुझाएकोसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नै बताउँछन् ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयबाट गत चैतमा टेण्डर पाएको विवादित ओम्नी समूहले अहिलेसम्म ढुवानी बापतको रकम एयरलाइन्सलाई दिएको छैन, शुक्रबार पत्रकार सम्मेलनमा उनले भने टेण्डरमा ढुवानी भएका सामानको पैसा पाउन बाँकी छ । एयरलाइन्सले भाडा लिन बाँकी छ । नेपाल एयरलाइन्सले ल्न्छि ।

उनले नेपाल सरकारले ठेक्का दिएर पैसा बुझिसकेको अवस्थामा पनि ओम्नीले भाडा नदिएको स्वीकारे । ओम्नी समूहलाई पैसा तिराउनको लागि जिम्मेवारी स्वास्थ्य मन्त्रालयमा रहेको भन्दै पन्छिए । मन्त्री योगेश आफै जमानी बसेको घटनामा समेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भन्दै पन्छिने प्रयास गरेका छन् ।

ओम्नीले स्वास्थ्य सामग्री ल्याउन चार्टर्ड गरिएको नेपाल एयरलाइन्सको जहाज चीन गएर आउँदा साडे ८ घण्टा उडेको थियो । हवाई भाडा बापतको एक करोड ८४ लाख ६२ हजार रुपैयाँ ओम्नीले सरकारबाट लिएको थियो ।स्वास्थ्य सामग्री ल्याउनै पर्नै बाध्यता रहेको समयमा मन्त्री भट्टराई आफैं जमानी बसेपछि नेवानीको जहाज चीन उडेको थियो ।

स्वास्थ्य मन्त्रालयले गरेको ठेक्का सम्झौताका क्रममा सामान ल्याउँदा लाग्ने भाडा ओम्नीले नै तिर्ने सम्झौता भएको थियो । तर ठेक्का लागेर तोडिएको तीन महिना भइसक्दा ओम्नीले नेपाल वायुसेवा निगमलाई भाडा वापतको रकम नतिर्नु र सरकारले तोकेता नगर्नुले ओम्नीको दादागिरी नेपालको राज्य स्तरमा पनि चल्दो रहेछ भन्ने देखिएको छ ।

ओम्नीले चीनबाट १८ करोड बराबरका स्वास्थ्य सामग्री नेवानिको जहाज चार्टर्ड गरेर ल्याएको थियो । ओम्नीले ल्याएका धेरै सामानमा गुणस्तरको प्रश्न उठेको थियो । ओम्नीले ल्याएका आरडिटी कीटसहितका सामान कामै नलाग्ने भएपछि गोदाममै थन्क्याइएको थियो ।

स्वास्थ्य सेवा विभागले चीनबाट कोरोना भाइरस संक्रमणको रोकथाम तथा उपचारका लागि मेडिकल सामग्री ल्याउने सम्झौता गरेको ओम्नीसँगको सम्झौता गत चैतमै रद्द गरिसकेको छ । सम्झौता अनुसारको समयमा सामग्री ल्याउन नसकेकाले ठेक्का रद्ध गरिएको स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठले बताएका थिए ।

कम्पनीले प्रतिवद्धता अुनसार पहिलो लटमा १० प्रतिशत मात्र सामान ल्याएको थियो । ९० प्रतिशत सामान नै आएको थिएन । दोश्रो खेपको सामान पनि ल्याउन नसकेपछि विभागले ठेक्का तोडेको थियो । श्रेष्ठले त्यतिबेलै ओम्नीसँगको ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरेको बताएका थिए । उक्त कम्पनीले धरौटी वापत ५ करोड रुपैयाँ जम्मा गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रकृया मिचेर मन्त्रीका सल्लाहकारको सेटिङमा ओम्नीलाई सामाग्री ल्याउने ठेक्का दिइएको थियो ।

ओम्नीलाई २० प्रतिशत बढीमा ठेक्का दिइएको थियो । उसले बजार मुल्यभन्दा ४० प्रतिशतभन्दा बढी महँगोमा सामाग्री किनेको दाबी गरेको थियो । सोही प्रकरणलाई लिएर मेडिकल सामग्री खरिदमा अनियमितता गरेको दावीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

स्वास्थ्य मन्त्री ढकाललाई प्रधानमन्त्री ओलीले कुनै कारवाही समेत गरेका छैनन । मन्त्री ढकालले आफ्नो सात महिनो कार्यकालमा नौ जना सचिव परिवर्तन गरेर स्वास्थ्य सामग्री खरिदमा कमिसन लिने गरेको आरोप स्वास्थ्य मन्त्रालयकै कर्मचारीले लगाउँदै आएका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ असार २३, ११: १२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ असार २३, ११: १२

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ असार २३, ११: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...