हेमा मालिनी ७६ वर्षमा सक्रिय राजनीतिमाः भाजपाबाट लोकसभामा तेश्रो पटक विजयी – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

हेमा मालिनी ७६ वर्षमा सक्रिय राजनीतिमाः भाजपाबाट लोकसभामा तेश्रो पटक विजयी

काठमाडौं। भारतमा सम्पन्न भएको लोकसभा चुनावमा चर्चित बलिउड अभिनेत्री हेमा मालिनी उत्तर प्रदेशको मथुरा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको तर्फबाट विजयी भएकी छन्।

भारतीय कांग्रेसका मुकेश धनगरलाई भारी मतान्तरले पराजित गर्दै हेमा विजयी भएकी हुन्। भाजपाले ७५वर्ष उमेर पार गरेकालाई टिकट नदिने मापदण्ड बनाएको थियो।

तर, हेमा मालिनीलाई भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको दबाबमा टिकट दिइएको थियो। जितको ह्याट्रिक गर्दै उनले आफू साँच्चै आफ्ना फ्यानहरूको ‘ड्रिम गर्ल’ भन्ने प्रमाणित गरेकी छन्।

निर्वाचन आयोगका अनुसार हेमा मालिनीले पाँच लाख १० हजार ६४ मत प्राप्त गरेकी छन् भने प्रतिष्पर्धी कांग्रेसका मुकेश धनगरले २ लाख १६ हजार ६५७ मत पाएका छन्। यसरी हेमा मालिनी २ लाख ९३ हजार ४०७ मतान्तरले विजयी भएकी छन्।

२०१४ देखि लगातार यही सिट जितेर उनी सांसद बनिन्। यसअघि सन् २०१९ मा उनले २,९३,४७१ मतले जितेका थिइन् भने २०१४ मा हेमा मालिनीले आरएलडी प्रमुख जयन्त चौधरीलाई ३ लाख ३० हजार मतले पराजित गरेकी थिइन्।

सन् १९६३ मा तमिल फिल्म इदु सथियमबाट डेब्यू गरेकी हेमाको पहिलो हिन्दी सिनेमा ‘सपनोका सौदागर’ थियो, जसमा राज कपूरले मुख्य भूमिका निभाएका थिए।

हेमा मालिनीले धेरै हिट हिन्दी फिल्महरूमा नायिकाको भूमिका निर्वाह गरिन् । धर्मेन्द्रसँग उनको जोडी बक्स अफिसमा हिट भयो र अफ स्क्रिनको बारेमा पनि धेरै चर्चा भएसँगै सन् १९८० मा उनले धर्मेन्द्रसँग विवाह गरिन्।

अहिले चलचित्र जगतबाट टाढा भएकी हेमाको २०२० मा अन्तिम फिल्म ‘शिमला मिर्ची’ आएको थियो।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८१ जेष्ठ २३, १७: ०९

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८१ जेष्ठ २३, १७: ०९

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २३, १७: ०९

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...