कांग्रेस पूर्वसांसद मेजर दीपक गुरुङको निधन – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

कांग्रेस पूर्वसांसद मेजर दीपक गुरुङको निधन

नयाँ विकल्प,


काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्वअध्यक्ष एवम् पूर्वसांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार आज दिउँसो २ बजेर ३० मिनेट जाँदा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
विसं १९९३ असार १० गते काश्कीको नार्माजुन गाविस–३ मा जन्मनु भएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए । तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गरी लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा उनी समर्पित थिए ।
व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको नेतृत्वकर्ता गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मेजर गुरुङको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको जनाएका छन् । गुरुङको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै देउवाले शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
उनको पार्थिव शरीरलाई शुक्रबार साँझ साडे ६ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ श्रावण २, २१: ०७

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ श्रावण २, २१: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण २, २१: ०७

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...