
नयाँ विकल्प ,
काठमाडौं– सर्वोच्च अदालले श्रीमती हत्याको आरोपमा सर्वश्वसहित जन्मकैदको सजाय भोगीरहेका एकजना जघन्य अपराधीको पक्षमा फैसला सुनाएको छ ।
सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन प्रसाद कोइरालाको मुद्दाकाे सजायमा सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणा सहितको इजलासले नाटकिय शैलिमा सजाय घटाई दियो ।
सर्वोच्चको फैसला अनुसार सर्वस्व सहित जन्मकैदको फैसला सुनाइएका तिनै कोइराला अव आगामी बुधबार फुलमाला सहित जेल मुक्त हुने छन ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै उनको सजाय घटाइदिएको हो।
यस्तो थियो घटना
काठमाडौंका–६ साबिक इचंगुनारायणमा बस्ने रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत थिए ।
रञ्जनले श्रीमती गीता ढकालको विभत्स हत्यापछि आफैले जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरे । मृतक गीता ढकाल र रञ्जनका दुई छोरा छन ।
गीतासंग नियतवश टाढिदै गएका कोइरालाले पछिल्लो समय चितवनकी तारा रेग्मीसँग प्रेमी सम्बन्धमा फसेका थिए । रञ्जन गीतालाई छाडेर तिनै प्रेमीका तारा रेग्मीसंग संगै बस्दै आएका थिए ।
२७ पुस २०६८ मा रञ्जनले श्रीमती गीताको विभत्स हत्या गरेको खुलेको थियो । मृतक गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए ।
चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए । २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए । गीताले माईतीमा त्यसबारे जानकारी दिइ सकेकी थिइन् ।
मृतक गीताका बाबु हरेराम ढकालले छोरीलाई पटक पटक फोन गरे तर उठेन । वुवाको मनमा चिसाे पस्यो, उनको शंका थियो, रञ्जनले आफ्नी छोरी वन्धक बनाएको हुन सक्छन्।
हरेरामले महानगरीय प्रहरी परिसर काठमाडाैमा छोरी सम्पर्कविहिन भएको भन्दै खोजीका लागि जाहेरी दिए ।
हरेरामलाइ छाेरी गीता शकुसल उद्दार हुने विश्वाश तव टुट्यो, जव त्रिवि शिक्षण अस्पतालमा बेवारीसे अवस्थाकाे महिलाकाे शव फेला परेकाे खबर गरियाे । ८ माघमा गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको पुष्टि भयाे ।
पछिल्ला घटनाक्रम र छोरीको हत्यामा जिम्मेवार तिनै रञ्जन रहेको भन्दै उनीविरुद्ध अर्को जाहेरी दिए । ८ माघ २०६८ मा उनि काठमाडौको नागढुङ्गाबाट पक्राउ परे । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले श्रीमती हत्याको आरोपमा रञ्जनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनायो ।
२३ मंसीर २०७२ मा उच्च अदालतको फैसला विरुद्द विरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए। मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।
राणा र केसीले कोइराला ८ वर्ष ६ महीना मात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठह¥याएका छन् । २०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको छन । रञ्जनले २७ पुसमै श्रीमती गीताको हत्या गरेको अनुसन्धान बाट खुलिसकेको छ ।
श्रीमतीको हत्यापछि कोइरलाले आफैले चलाएको बा ८ च ५४०८ सरकारी गाडिमा राखेर मृतक गिताको शवलाई मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि समेत भैसकेको छ ।
२८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो ।
गीताको हत्यामा रञ्जनकी उनकी प्रेमिका तारा रेग्मीको पनि संलग्नता खुलेपछि उनलाई समेत घटनाको दोषी ठहर गरि एक वर्ष सजायको फैसला भएको थियो ।
पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो ।
श्रीमती हत्याको प्रमाण सहित पक्राउ परेका रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।
जिल्ला अदालतको फैसला विरुद्द रञ्जन सर्वोच्च अदालत पुगे । मुद्दामा अन्तिम फैसला गर्दै सर्वोच्चले रन्जनको सजाय घटाइदिएको हो।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...