ओलम्पिकमा फुटबलतर्फको स्वर्ण स्पेनलाई – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

ओलम्पिकमा फुटबलतर्फको स्वर्ण स्पेनलाई

काठमाडौं। फ्रान्सको राजधानी पेरिसमा आयोजित ओलम्पिक खेलकुद प्रतियोगिताको फुटवलतर्फको स्वर्ण पदक स्पेनले हात पारेको छ।

आयोजक राष्ट्र फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको हो। फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो।

सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन्। स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन्।

केही महिनाअघि मात्रै स्पेनी फुटबल टिमले इङ्ल्यान्डलाई हराउँदै युरोकप फुटबलको उपाधि उचालेको थियो। त्यस्तै पछिल्लो महिना स्पेनी यू–१९ टोली पनि युरोपियन च्याम्पियन बन्यो।

गत वर्षमात्रै स्पेनी महिला फुटबल टोलीले विश्वकप फुटबलको उपाधि उचालेको थियो। एकपछि अर्को सफलता पाइरहेको स्पेनी टोलीले यू–२३ तर्फ ओलम्पिकमा फुटबलको स्वर्ण पदक पनि घर भित्र्याएको छ।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ श्रावण २७, १२: ३९

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८१ श्रावण २७, १२: ३९

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ श्रावण २७, १२: ३९

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...