महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छः प्रवक्ता शर्मा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समिक्षा गर्नको लागि तत्काल केन्द्रिय कार्य समितिको बैठक बस्ने जानकारी दिए । ‘केन्द्रिय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरी भन्छु, केन्द्रिय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ ।’
प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भिर समिक्षा गर्नुपर्ने र पार्टीलाई पूर्नजीवन दिलाउनको लागि अब बस्ने केन्द्रिय कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए । ‘पहिला केन्द्रिय कार्यसमितिको बैठक बस्छ, त्यसपछि सोही बैठकले महासमिति बोलाउनेबारे निर्धारण गर्छ ।’ कांग्रेस अब रुपान्तरण हुने बताए । ‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समिक्षा गर्छौं, किनकी कांग्रेसले पहिलो लपटक हार व्यहोरेको होईन, त्यसैले विरामीलाई पहिले अस्पताल पु¥याउनुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगीकन घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन् ।’ कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए । ‘हामी बदलिन्छौं, अब पूर्ननिर्माणको अभियान सुरु हुन्छ ।’
पार्टी प्रवक्ता भएपनि ७ भाईबीच फाटो आउँदैन त भनेर सोधेको प्रश्नमा उनले, ‘७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केहि साथीहरुलाई लाग्यो । त्यसैबेला राजनीतिलाई उमेरले होइन एजेण्डाले ड्राइभ गर्छ । त्यसैले सत्तरी कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले डा«ईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
आफूहरु ७ जनाले हस्ताक्ष गरेर विज्ञप्ती जारी गर्दैगर्दाको प्रसँग उल्लेख गर्दै त्यतिवेला कुनै क्लब गठन गर्नको लागि हस्ताक्षर नगरिएको बताए । ‘हामीले गुटको गठन गरेको होईन ।’ “सात जनाको विज्ञप्तिमा त्यो पनि छैन । सातजनाको विज्ञप्तिमा जे छ त्यसको स्पिरिटप्रति म अहिले पनि प्रतिवद्ध छु । त्यो भनेको केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्छ, गम्भीर आत्मसमिक्षा गर्नुपर्छ, महासमितिको बैठकमार्फत त्यसलाई कार्यान्वयन गर्ने प्रकृयामा जानुपर्छ ।”
शर्माले पहिला केन्द्रीय कार्यसमितिको बैठक बोलाइयोस् भन्ने ठाउँमा थिएँ अहिले केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ भन्ने ठाउँमा आइपुगें । त्यसबेला विशेष महाधिवेशन हुनुहुन्न भनें अहिले मैले त्यसो भन्दिनँ । प्रवक्ताका रुपमा मैले पार्टीको विधानलाई पनि हेर्नुपर्छ र पार्टीको विधानले केन्द्रीय कार्यसमितिको बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन सक्छ भन्छ । निश्चित महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा तीन महिनाभित्रमा विशेष महाधिवेशन केन्द्रले बोलाउनुपर्छ । प्रवक्ता भइसकेपछि त्यो प्रकृयामा गएको छैन भने मैले हुँदैन भनेर बोल्न मिल्दैन । पार्टीको विधानमा व्यवस्था भएको चीज प्रवक्ताले हुँदैन भन्न पाइँदैन ।’
आगामी दिनमा कांग्रेस सुदृढ बन्ने दिशामा जाने विषय व्यक्तिगत भन्दापनि समुहगत कुरा भएको बताए । ‘यो सिंगो कांग्रेसको कुरा हो । युवाको वा पाकाको भन्ने होइन । नेपाली कांग्रेसलाई ठूलो क्षती भएको छ भन्नेमा सबै सहमत छन्, पार्टीमा रुपान्तरण जरुरी छ भन्नेमा सबै सहमत हुनुहुन्छ, प्रवक्ताका रुपमा पार्टीका नीति, कार्यक्रम र सन्देशलाई सम्प्रेषण गर्ने कुरामा पनि म अझ गम्भीर भएर लाग्छु ।’
एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे,‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्नेतर्फ नै गम्भीरतापूर्वक लाग्छ।’
आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादीवीच एकता होस् भन्ने पक्षमा नै रहेको सुनाए । ‘हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस् । आफ्ना अभिव्यक्ति अब पार्टीको अभिव्यक्ति भएको उल्लेख गर्दै, ‘पार्टीमा जो बदलिन्छन्, तीनीहरुले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तीनले विदा लिन्छन् ।’ युवा पुस्ता भन्दापनि आफू प्रवृत्तिले पार्टीलाई डा«ईभ गर्नुपर्छ भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘युवाहरुले उठाएका धेरै मुद्दाहरु कांग्रेसले सम्बोधन गरेको छ, चुनाव हारेलगत्तै पार्टीले मलाई प्रवक्ता बनायो, यो पनि युवाहरुको माँग पूरा भएको भनेर बुझ्न सकिन्छ ।’
सरकारले चाँडै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने उनले विश्वास दिलाए । ‘यो सरकारले सबै काम सहमतिबाट गर्न खोजेको छ । तर जिम्मेवार दलका अध्यक्षले नै यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, यसका बावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति खोजिरहनुभएको छ ।’ उनले जाँदै गरेको सरकार भन्दापनि आउँदै गरेको सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । पार्टीभित्र पनि सरकारले चाँडै प्रदेश प्रमुख नियुक्ती गर्नुपर्नेमा जोड दिएको उनको भनाई थियो । उनले ‘सकेसम्म सहमति कायम गर्ने यो सरकारको चाहना छ, यदि सहमति भएन भने निर्णय लिन्छ ।’ त्यस्तै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको दुई सातापछि नयाँ सरकार गठन हुने जनाए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ पुष ३०, १०: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७४ पुष ३०, १०: २४

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७४ पुष ३०, १०: २४

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...