श्रीमती हत्याका अभियुक्त रन्ञन आज रिहा हुदै – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

श्रीमती हत्याका अभियुक्त रन्ञन आज रिहा हुदै

नयाँ विकल्प ,


काठमाडौं–श्रीमतीको क्रुर हत्या गरि प्रमाण समेत नष्ट गर्ने प्रयास गरेका तत्कालीन शसस्त्र प्रहरीका नायव महानिरिक्षक डिआइजी रन्ञन प्रसाद कोइरला आज जेल मुक्त हुदै छन ।
हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय भोगीरहेका एकजना जघन्य अपराधी रन्ञनको पक्षमा सर्वोच्च पछिल्लो फैसलाले उनि जेलमुक्त हुने भएका हुन ।


पूर्वडीआईजी रञ्जन प्रसाद कोइरालाको मुद्दाको सजायमा सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर राणा सहितको इजलासले नाटकिय शैलिमा सजाय घटाई दिएको थियो ।
सर्वोच्चको यो फैसलाको चौतर्फि आलोचना भैरहेको छ । जघन्य अपराधको फैसला सहित जन्मकैद भोगिरहेका रन्ञन आज फुल माला सहत डिल्लीबजार कारागारबाट मुक्त हुने छन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजायको मकसद पूरा हुने’ भन्दै उनको सजाय घटाइदिएको हो।

यस्तो थियो घटना

काठमाडौंका–६ साबिक इचंगुनारायणमा बस्ने रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत थिए ।
रञ्जनले श्रीमती गीता ढकालको विभत्स हत्यापछि आफैले जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरे । मृतक गीता ढकाल र रञ्जनका दुई छोरा छन ।

गीतासंग नियतवश टाढिदै गएका कोइरालाले पछिल्लो समय चितवनकी तारा रेग्मीसँग प्रेमी सम्बन्धमा फसेका थिए । रञ्जन गीतालाई छाडेर तिनै प्रेमीका तारा रेग्मीसंग संगै बस्दै आएका थिए ।
२७ पुस २०६८ मा रञ्जनले श्रीमती गीताको विभत्स हत्या गरेको खुलेको थियो । मृतक गीता बूढानीलकण्ठ–५ मा बस्थिन् भने रञ्जन ११ महिने नेशनल डिफेन्स कोर्षका लागि २०६८ भदौमा चीन गएका थिए ।
चीनबाट विदामा २१ पुसमा रञ्जन नेपाल फर्किए । २७ पुसमा गीताको घर पुगी कान्छो छोरा लिएर हिंडेका थिए । गीताले माईतीमा त्यसबारे जानकारी दिइ सकेकी थिइन् ।

मृतक गीताका बाबु हरेराम ढकालले छोरीलाई पटक पटक फोन गरे तर उठेन । वुवाको मनमा चिसो पस्यो, उनको शंका थियो, रञ्जनले आफ्नी छोरी वन्धक बनाएको हुन सक्छन्।
हरेरामले महानगरीय प्रहरी परिसर काठमाडौमा छोरी सम्पर्कविहिन भएको भन्दै खोजीका लागि जाहेरी दिए ।

हरेरामलाइ छोरी गीता शकुसल उद्दार हुने विश्वाश तव टुट्यो, जव त्रिवि शिक्षण अस्पतालमा बेवारीसे अवस्थाको महिलाको शव फेला परेको खबर गरियो । ८ माघमा गीताको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको पुष्टि भयो ।

पछिल्ला घटनाक्रम र छोरीको हत्यामा जिम्मेवार तिनै रञ्जन रहेको भन्दै उनीविरुद्ध अर्को जाहेरी दिए । ८ माघ २०६८ मा उनि काठमाडौको नागढुङ्गाबाट पक्राउ परे । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले श्रीमती हत्याको आरोपमा रञ्जनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनायो ।

२३ मंसीर २०७२ मा उच्च अदालतको फैसला विरुद्द विरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए। मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।

राणा र केसीले कोइराला ८ वर्ष ६ महीना मात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठह¥याएका छन् । २०५० सालमा बिहे गरेका रञ्जन र गीताबाट दुई छोराको छन । रञ्जनले २७ पुसमै श्रीमती गीताको हत्या गरेको अनुसन्धान बाट खुलिसकेको छ ।

श्रीमतीको हत्यापछि कोइरलाले आफैले चलाएको बा ८ च ५४०८ सरकारी गाडिमा राखेर मृतक गिताको शवलाई मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपतको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि समेत भैसकेको छ ।

२८ पुसमा जलेको अवस्थामा त्यहाँ शरीरका बाँकी अंग भेटिए । डीएनए परीक्षणबाट उक्त शरीरका टुक्रा गीताकै भएको पुष्टि भयो ।

गीताको हत्यामा रञ्जनकी उनकी प्रेमिका तारा रेग्मीको पनि संलग्नता खुलेपछि उनलाई समेत घटनाको दोषी ठहर गरि एक वर्ष सजायको फैसला भएको थियो ।

पीडितका तर्फबाट नेपाल सरकारले ताराले ज्यान मार्ने काममा षडयन्त्र गरेको भन्दै १० देखि १५ वर्षसम्मको कैद सजाय मागसहित पुनरावेदन गर्यो ।
श्रीमती हत्याको प्रमाण सहित पक्राउ परेका रन्जन र तारा दुवैले आफूहरु निर्दोष रहेको दाबी गर्दै कुनै सजाय नहुनुपर्ने जिकिर गरे।

जिल्ला अदालतको फैसला विरुद्द रञ्जन सर्वोच्च अदालत पुगे । मुद्दामा अन्तिम फैसला गर्दै सर्वोच्चले रन्जनको सजाय घटाइदिएको हो।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७७ श्रावण ८, ०८: ११

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७७ श्रावण ८, ०८: ११

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७७ श्रावण ८, ०८: ११

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...