
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्बजनिक भएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीअनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्।
२०८०मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो।
परीक्षा नियन्त्रण कार्यालयअनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ।
नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् ।
त्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।
लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।
यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ।
२०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो।
धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...