चर्काे दबाब पछि सामुहिक राजीनामा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

चर्काे दबाब पछि सामुहिक राजीनामा

नेकपा माओवादी केन्द्रका मन्त्रिहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । गिरिराजमणि पोख्रेलको नेतृत्वमा गएको टोलिले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।

विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले अध्यक्ष प्रचण्डको दबाबमा राजीनामा दिएका हुन् । पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको जानकारी दिए ।

गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा नेता कृष्ण बहादुर महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिपक्ष एमालेसँग मिलेर चुनावी गठबन्धन गरेको भन्दै माओवादी मन्त्रिहरुलाई प्रधानमन्त्री दउवाले असोज ३१ गते विनाविभागीय बनाइदिएका थिए ।
चार महिना कामविहिन हुँदा पनि सत्तामा बसेर निर्वाचनमा होमिएको माओवादी पार्टी यतिबेला नयाँ सरकार बनाउन मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएतापनि राजनीतिक रुपमा जम्बुमन्त्रीमण्डलमा बसेर राज्यको ढुकुटीबाट सेवा सुविधा प्रयोग गर्दै आईरहेको थियो । दर्जन भन्द बढी मन्त्रीहरुले सेवा सुविधा प्रयोग गर्दा राज्यको करोडौँ खर्च भइरहेका थिए ।

कामविहिन भएर पनि राज्यको करोडौँ ढुकुटी रित्याएर बसिरहेका माओवादी केन्द्रका मन्त्रीहरु माथि चौतर्फी विरोध भएपछि अन्तिम अवस्थमा आएर राजीनामा दिएका हुन् । विनविभागीय भएदेखि नै सिंहदरबार छिर्न छाडेका मन्त्रीहरु सेवा सुविधा लिनमात्र जाने गरेको भन्दै व्यापक विरोध भएपछि उनीहरुले दबाबमा परेर सामूहिक राजीनामा दिएका हुन् ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७४ माघ २, ०८: ०३

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७४ माघ २, ०८: ०३

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७४ माघ २, ०८: ०३

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...