नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया

काठमाडौं : ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आज दोस्रो दिन विभिन्न वृतचित्र, चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया भइरहेको छ ।

महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित भइरहेको महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र सहभागी छ ।

महोत्सव निर्देशक खत्रीले विश्व प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा सहभागी भएको पुरस्कृत चलचित्र ‘अल वी इमाजिन एज लाइट’ प्रदर्शन गरिनुका साथै ’एड्रेसिङ जेन्डर राइट्स : फिल्म्स एस अ टुल्स अफ एड्भोकेसी’का विषयमा अन्तरक्रिया हुने जानकारी दिए ।

“दोस्रो दिन उत्साहाजन रुपमा चलचित्रकर्मीसँगै आम दर्शकको सहभागिता रहेको छ, हामीले मानव अधिकारका विषयमा निर्माण भएका चलचित्र, वृतचित्र लगायत प्रदर्शन गरिरहेका छौँ, यसले आम मानिस सन्देश प्रवाह गर्छ भन्ने विश्वास लिएका छौँ”, महोत्सव निर्देशक खत्रीले भने ।

नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव यही मङ्सिर २७ गतेसम्म चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८१ मंसिर २५, १२: ५३

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०८१ मंसिर २५, १२: ५३

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८१ मंसिर २५, १२: ५३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...