लुम्बिनीलाई हराउँदै कर्णाली ‘प्लेअफ’को नजिक – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

लुम्बिनीलाई हराउँदै कर्णाली ‘प्लेअफ’को नजिक

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सकेको हो ।

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे । ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए ।

कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए । कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । मात्र ३० बलमा उनले ३ चौका र ३ छक्का हिर्काए । अर्जुन घर्तीले २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुवैले मिलेर ७२ रनको साझेदारी गरे ।

ओपनर बाबर हायातले २२ बलमा २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, चाडविक वाल्टनले १५ बलमा १३ रन जोडे ।

लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे । दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । भण्डारीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।

साद बिन जाफरले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट हात पारे । रेमन सिमन्ड्सले पनि १ विकेट लिए ।

लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८१ मंसिर २८, १२: ४७

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०८१ मंसिर २८, १२: ४७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८१ मंसिर २८, १२: ४७

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...