अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

अमेरिकामा डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

एजेन्सी : अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ । लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता छन् ।

आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो । सबैभन्दा धेरै प्यालिसेड्समा आगलागीबाट २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ । क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन् ।

तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन । अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०८१ पुष २९, १२: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०८१ पुष २९, १२: ५२

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०८१ पुष २९, १२: ५२

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...