December 8, 2021, Wednesday

आज देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६९७ जनामा भाइरसको परीक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा ५ सय २३ जना र एन्टिजेन विधिबाट २ हजार ४३ जनामा परिक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

गत २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएसंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८२ हजार ३९३ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना पुगेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ कार्तिक १, १७: ४०: ४६

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ कार्तिक १, १७: ४०: ४६

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ कार्तिक १, १७: ४०: ४६

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...