शनिबार थप २१६९ कोरोना संक्रमण, २२ जनाको मृत्यु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

शनिबार थप २१६९ कोरोना संक्रमण, २२ जनाको मृत्यु

नयाँ विकल्प,


काठमाडौं – शनिबार थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म मृतक संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् र हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १८ हजार ३६१ जना पुगेको छ ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ जसमध्ये २३ हजार ५३९ जना होम आइसोलेसनमा र २ हजार ९५० जना संस्थागत आइसोलेसनमा छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ असार २६, २१: १०

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ असार २६, २१: १०

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ असार २६, २१: १०

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...