नयाँ विकल्प,
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयका नीति योजना अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीद्धारा जारी गरिएको विज्ञप्तिमा आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गरी यथाशीघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनको लागि आह्वान गरिएको छ ।
साथै डीपीआर तयारी गरी पेश गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ३९६ वटा निर्माण प्रक्रिया थाले पनि सम्झौता भइसकेको छैन । यस्तै बाँकी २५९ वटा स्थानीय तहहरुले जग्गाको सुनिश्चितता र डीपीआर समेत तयार गरेका छैनन् ।

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...
धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...
काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...