
नयाँ विकल्प,
काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र १६ हजार पुर्याउने लक्ष्य बनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार खोप केन्द्र पुर्याउने जानकारी दिएका हुन् ।
जनस्वास्थ्य विदहरुले खोप केन्द्र व्यवस्थित पार्न नसक्नुलाई सरकारको व्यवस्थापकीय कमजोरी बताउँदै आएका छन् ।
खोप केन्द्र व्यवस्थित पार्ने काम सामान्य भएपनि व्यवस्थापन पक्ष फित्तलो बन्दा नागरिकले अनावश्यक रुपमा सास्ती खेपेर जोखिमपूर्ण तरिकाले खोप लगाउन बाध्य बन्नु परेको विज्ञहरुको भनाइ थियो ।
जनस्वास्थ्यका मापदण्ड पालनामा हेलचेक्र्याइँ हुँदा खोप केन्द्रबाटै संक्रमण सरेका धेरै व्यक्तिहरु अस्पताल आउने गरेको चिकित्सकहरुले बताउने गरेका छन् ।
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...
धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...
काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...