स्वास्थ्यकर्मीको लापरवाहीले भेरी अस्पतालमा शिशु मृत्यु – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

स्वास्थ्यकर्मीको लापरवाहीले भेरी अस्पतालमा शिशु मृत्यु

नयाँ विकल्प,

बाँके – भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो ।

शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो ।

सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरी अस्पतालमा मै फर्काएर आन्दोलन सुरु गरेका थिए ।

त्यसपछि घटनाबारे छानबिन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका विषयमा सहमति भएपछि पीडितका आफन्तले सहमतिमा आन्दोलन रोकेका थिए ।

बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहोर्याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ ।

सम्बन्धित समाचार

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ भाद्र २८, २२: ५४

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
  • २०७८ भाद्र २८, २२: ५४

धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...

जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
जलवायु परिवर्तनले पुर्‍याएको क्षति र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे राष्ट्रिय सभाको समितिमा आज छलफल हुँदै
  • २०७८ भाद्र २८, २२: ५४

काठमाडौँ — विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालले भोगेको गम्भीर प्राकृतिक क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) मा देशको कूटनीतिक...