कपिलवस्तुमा झाडापखाला नियन्त्रण नभएपछि खाेपकाे तयारी – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

कपिलवस्तुमा झाडापखाला नियन्त्रण नभएपछि खाेपकाे तयारी

चन्द्रौटा । कपिलवस्तु जिल्लामा झाडापखाला नियन्त्रणमा आउन सकेको छैन् । कोरोना भाइरस न्यून भएको अवस्थामा कपिलवस्तुमा गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला पूर्ण नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकमा समेत लक्षण देखा परी अस्पतालमा भर्ना भएका थिए । अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा हैजा प्रमाणित भएको हो ।

अहिलेसम्म शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यता अस्पतालका स्वास्थ्यकर्मीका अनुसार दैनिक १० जना भन्दा बढी विरामीको उपचार भइरहेको छ ।

झाडापखालाका कारण कपलिवस्तु जिल्लामा ६ जनाले मृत्यवरण समेत गरेका छन् । अस्पतालमा उपचाररत कसैको पनि ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्कमा उल्लेख छ ।

शिवराज अस्पतालका डा. मुकेश चौधरीका अनुसार केही दिन विरामीको संख्यामा कमी आएको थियो । अहिले फेरि दैनिक १० जना विरामी अस्पताल आउने गरेका छन् । झाडापखाला पहिलाको तुलमा केहि कमी भएपनि अझै पनि पूर्णरुपमा नियन्त्रणमा आउँन सकेको छैन् । गाउँमा बान्ता र पखलाका बिरामी अहिले पनि रहेका उनले बताए ।

शिवराज नगरपालिका–७, ८ का गाउँमा झाडापखालाका विरामी देखिएपनि अहिले नियन्त्रण रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए ।

अहिलेसम्म झाडापखाला नियन्त्रणमा आउन नसकेपछि स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको छ । साँढे दुई लाख डोज खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ खोप कार्यक्रम लागू गरिने जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे जानकारी दिए ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक २३, १४: ४५

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक २३, १४: ४५

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ कार्तिक २३, १४: ४५

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...