थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, १ काे मृत्यु – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, १ काे मृत्यु

काठमाडौं । गत २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १६ हजार ७ सय ३६ जनामा परिक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जनामा संक्रमण देखियो भने एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर र ऐन्टिजेन गरी थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लागत विवरण अनुसार काठमाडौंमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जनामा गरि उपत्यकामा मात्र १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै मोरङमा ४२, झापामा २२, रुपन्देहीमा २९, कास्कीमा २०, चितवनमा १६, कैलालीमा १५ र दाङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८४ रहेको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।त्यस्तै हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७८ कार्तिक २३, १६: ४८

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७८ कार्तिक २३, १६: ४८

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह
बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह
  • २०७८ कार्तिक २३, १६: ४८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्पन्न घटनाप्रति दुःख व्यक्त गरेका छन् ।...