
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ९०३ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप ५५ जना कोरोना संक्रमणमुक्त भएका छन भने कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर कूल ९ लाख ७८ हजार ६४८ जना पुगेको छ । कोरोना संक्रमितमध्ये हालसम्म ९ लाख ६६ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...
काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि...