काठमाडौं । मित्रराष्ट्र भारत सरकारले नेपाललाई ३० हजार व्यक्तिको परिक्षण गर्न सक्ने क्षमताको कोभिड १९ पिसिआर टेष्ट किट आइतबार प्रदान गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु प्रदान गरेका हुन् ।
भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन् ।
गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ सामना गर्न र एकसाथ लड्न दुई देशका नेता एवम् जनताबीचको सहकार्यलार्ई देखाएको भारतीय दूतावासले जनाएको छ ।
२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको र भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाएको राजदूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...