लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

लायन लम्साल अन्तर्राष्ट्रिय डाइरेक्टर इन्डोस निर्वाचित

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालको यही जेठ २४ गते कमलादी प्रज्ञा भवनमा भएको राष्ट्रिय महाधिवेशनबाट लायन राजन लम्साल अत्याधिक मतका साथ विजयी भएका छन् ।

जसअनुसार लायन राजन लम्सालले १३८७ मत प्राप्त गरे भने उनका निकटम उपविजेता खगेन्द्र सिटौलाले ५३१ मत मात्र पाएका छन् । जसअनुसार लायन राजन लम्सालले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टरमा नेपालको तर्फबाट इन्डोस भएका छन् ।

नेपालमा १५ डिष्ट्रिक्स रहेको र मल्टिपल ३२५ अन्तर्गत लायन राजन लम्सालले ७२ प्रतिशत मत पाएर लायन्स क्लब अफ अन्तर्राष्ट्रियको डाइरेक्टरमा निर्वाचनका लागि सर्वाधिक योग्य भएका हुन् । नेपालको अहिले अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी रहेका छन् । अब तेस्रो अन्तर्राष्ट्रिय डाइरेक्टरमा नवनिर्वाचित लम्साल हुनेछन् ।

लायन राजन लम्सालले आफु अन्तर्राष्ट्रियमा नेपालबाट इन्डोस भएको हुँदा अन्तर्राष्ट्रिय डाइरेक्टर सजिलैसँग हुने बताएका छन् । अन्तर्राष्ट्रिय डाइरेक्टरको निर्वाचनपछि नेपालको राष्ट्रिय गानलाई विश्वभर फैलाउने आफ्नो लक्ष्य पूरा हुने बताएका छन् ।

साथै, लाइनिजममा नेपालको नाम उच्च राख्न सधैं कटिबद्ध हुने बताएका छन् । लायन राजन लम्साल विभिन्न व्यापारिक क्षेत्रमा आबद्ध हुँदै विश्वका दर्जनौं शक्तिशालीहरुको भ्रमण गरेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ जेष्ठ २५, १३: ५९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८२ जेष्ठ २५, १३: ५९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८२ जेष्ठ २५, १३: ५९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...