पदाधिकारी चयन गर्दा सबैलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउने खालको हुनुपर्छ – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

पदाधिकारी चयन गर्दा सबैलाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउने खालको हुनुपर्छ

चन्द्र भण्डारी– नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केही समय बसेर स्थगित भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री खुमबहादुर खड्काको असामयिक निधनका कारण बैठक स्थगित गरेर पुन बस्न लागिरहेको छ । विधान अनुसार महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी चयन र कार्यसमितिलाई पूर्णता दिनुपर्ने बाध्यात्मक अवस्था हुँदा पनि अहिलेसम्म पदाधिकारी मनोनयन र कांग्रेस पार्टी भित्रको केन्द्रीय समितिले पूर्णता पाउन सकिरहेको छैन ।

संविधानको कायान्वयनसँगै भएको निर्वाचनमा कांग्रेस इतिहासमै पछाडि परेको अवस्थामा छलफल गर्न भन्दै बसेको केन्द्रीइ समितिको बैठकमा नेताहरुले एक–आपसमा दोषारोपण गर्दै मिडियावाजी गरिरहेको कांग्रेसका कार्यकर्ताहरुलाई रुचाइरहेका छैनन् । यद्यपी केन्द्रीय नेताहरुले केन्द्रीय नेतृत्वप्रति नै आक्रोस पोखेर कार्यकर्ताबाट आफूँ चोखो बन्न खोजेको आरोप पनि नलागेको होइन ।

यसै विषमा केन्द्रीत रहेर नयाँ विकल्प साप्ताहिकका लागि पत्रकार ऋषि धमलाले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग गरेको कुराकानीको सम्पादीत अंशः

नेपाली समाजलाई परीवर्तन गर्न के–के गर्नुपर्ला ?
यो देश धेरै ठूलो भ्रष्ट्राचारमा फसेको छ । नेपालको हरेक क्षेत्रको नेतृत्व कर्ताहरुले सामान्य एउटा क्लबदेखि प्रधानमन्त्रीको कार्यालयसम्म आफु सम्पन्न कसरी बन्ने, धनी कसरी बन्ने अनि आफ्नो परीवारलाई कसरी धनी बनाउने भन्ने उदेश्यले अभिप्रेरित भएको पाइन्छ । यो अवस्था हाम्रो देशमा लामो समयदेखि चलिरहेको छ । यसलाई नियन्त्रण गर्नका निम्ति कुनै पनि सरकारहरुले चासो देखाएको देखिदैन ।

वर्तमान सरकार देशको राष्ट्रियता संरक्षणको मुद्दा लिएर बनेको छ । यो सरकारमा पनि कुरा धेरै भएका छन् तर कामहरु निरन्तर भइरहेका छैनन् । मैले यस नयाँ विकल्प साप्ताहिक मार्फत एउटा कुरा भन्नैपर्छ । म गुल्मी जिलामा छु अहिले गुल्मी जिल्लामा एउटा गाउँपालिका यस्तो छ कि हामीले सिंहदरबारको अधिकार गाउँमा लैजाने भन्ने अभियानका साथःंविधान बनायौं ।

तर गाउँपालिकाको अध्यक्षले कुनैपनि बजेट कुनैपनि योजना पहिला चाँही गाउँपालिका अहिलेको वडामा वितरण गरेको पाइदैन । जुनसुकै राजनीतिक पार्टीबाट टिकट पाएर स्थानीय निकायमा जितेका नेताहरुले गाउँदेखि वडासम्म आफ्नो गाउँ राम्रो बनाउ भन्ने होइन । म राम्रो राजनीतिक नेता बन्छु, समाजमा राम्रो काम गर्छु, भन्ने चाहना एकदमै कम भएको मैले पाएको छु ।

अहिले स्थानीय निकायमा कसरी कमाउ र धनी हुँ भन्ने होडवाजी चलेको छ । गाउँगाउँमा डोजर लगाइएको छ, त्यसको आवश्यकता के हो, कुनै वडालाई अधिकारै नदिइ गाउँपालिकाको अध्यक्षले आफूखुशी योजना बाँडेको छ । यो अर्को अराजकता भन्ने लाग्छ । यसले देशमा अराजकता निम्त्याउने खतरा जस्तो लाग्छ । हामीले समानुपातिक सिट, पिछडिएको वर्ग, समूह, योग्य व्यक्ति तल्लो सदनको रिक्ततालाई माथिल्लो सदनमा पु¥याउने लक्ष्य लिएका थियौ, तर त्यसो हुन सकेन । त्यसैले समाज परिवर्तन गर्न ठूलै जोखिम मोल्नुपर्ने अवस्था छ ।

अहिले भ्रष्टाचारको निकै चर्चा छ, जताततै भ्रष्टाचार भएको छ, यहाँलाई के लाग्छ ?
हामीले राजनैतिक नेतृत्वलाई मात्र दोष लगाएर हुँदैन । कर्मचारी, न्यायपरीषद्, अख्तियार, संवैधानिक निकायका प्रमुखहरुको पनि एक अर्कालाई नियन्त्रण गर्न सक्ने खालको परिपाटी निर्माण गर्न सके राम्रो हुन्छ । अहिले यस्तो लाग्छ समाजनै भ्रष्ट भयो कि भन्ने डर भैइसक्यो ।

त्यसकारणले राजनीति पनि अछुतो हुने कुरा भएन । त्यसकारण त्यसलाई नियन्त्रण गर्नका निम्ति संवैधानिक निकायहरु मजबुत हुन पथ्र्यो । ती पनि हुन सकेनन् किनभने राजनीति भागवण्डामा हामीले व्यक्तिहरुलाई न्याय प्रणालीमा उता¥यौ । अख्तियारमा उता¥यौ, जुनसुकै ठाउँमा उता¥यौ, त्यस कारणले गर्दा हामीलेनै भ्रष्टाचारलाई निम्त्यायौ भन्ने लाग्छ ।

अहिले नेपाली कांग्रेस पार्टीभित्रको अन्तर द्धन्द्धको कथा चाँही के हो त ?
नेपाली कांग्रेसको विधानअनुसार वर्तमान केन्द्रीय समितिलाई दुई महिना भित्रमा पदाधिकारीहरु चयन गर्नुपथ्र्यो । तर उहाँले दुई वर्ष भइसक्दा पनि कार्यसमितिलाई पूर्णता दिन सक्नुभएन । यसले गर्दा पार्टीको संगठनले गर्नुपर्ने कार्य अगाडी बढ्नै सकेन । पार्टीभित्र संगठन चुस्तदुरुस्त हुन सकेन । अहिले देखिनै अर्को महाधिवेशनको लागि प्रक्रिया सुरु गरेर गाउँ, वडा, प्रदेशदेखि केन्द्रसम्म सबै किसिमका अधिवेशनको तयारी थाल्नुपथ्र्यो ।

सुरुवातै हुन सकेन । अनि महाधिवेशनका निम्ति त्यसको त्यति धेरै किचलो गर्नु, झगडा गर्नु, हगांमा गर्नु र बन्ने मान्छेलाई पनि मरिहत्ते गर्नुपर्ने आवश्यकता पर्दैनथ्यो । अब त ढिला भैइसक्यो । त्यसैले महाधिवेशनमा गएर विधान परिवर्तन गरेर १४औं महाधिवेशन नयाँ तरिकाले गरेको खण्डमा उपयुक्त हुन्छ ।ढिलो भएपनि पदाधिकारी चयन गर्नुपर्दैन भन्ने पक्षमा तपाई लाग्नुभएको हो ?
हो, पदाधिकारीको चयन गर्ने समय गइसक्यो नि ।

पहिले नै गरिदिएको भए पार्टीको एउटा व्यक्तिको राजनीतिक करियर बन्न सक्थ्यो नि । त्यसैले अब गरेर फाइदा छैन, आवश्यकता पनि छैन । जसलाई दिने हो त्यस व्यक्तिले काम गर्ने समयनै समाप्त भैइसक्यो । अहिले सभापतिजीले जे गर्न खोजीरहनु भएको छ, गर्न त सक्नुहुन्छ, उहाँको अधिकार भित्र नि पर्ला । समग्र कांग्रेसलाई फाइदा हुन्छ जस्तो चाँही मलाई लाग्दैन ।

तर पार्टी सभापतिले पदाधिकारीहरुको नाम तय गरिसक्नु भएको भन्ने हल्ला छ नि तपाई के भन्नुहुन्छ ?
नेपाली कांग्रेसको राजनीतिक जीवनमा मैले धेरै व्यक्तिका निम्ति झगडा पनि गरे, सर्पोट पनि गरे होला तर, बाहिरका कुनैपनि व्यक्तिहरुले नेपालको राजनीतिलाई निकाल्न सकेनन् । कुनै पनि राजनीतिक लिडर बन्न सकेनन् यस्तो देखिन्छ । म धेरै कुरा सहमत असहमत भन्दा पनि धेरै कुरामा जोड दिने पक्षमा छैन र यो पदाधिकारी चयन गर्दा पनि मिलाएर पार्टीलाई एक ढिक्का बनाएर लानुपर्छ भन्ने पक्षमा छु ।

पदाधिकारीको चयन मिलाएर गर्नुपर्छ भनेर तपाई भनिरहँदा पार्टी सभापतिको अधिकारमाथि अंकुश लगाउन खोज्नुभएको हो ?
कांग्रेसको विधानमा त दुई महिनाभित्र गर्नुपर्ने थियो नि । विधान अनुसार भएको भए हामीले केही बोल्न मिल्दैनथ्यो । त्यसैले अहिलेसम्म नभएपछि उहाँले आफ्नो अधिकारको दुरुपयोग गर्नु भएन त ? उतिबेला पनि उहाँले चाहेको मान्छेलाई उपसभापति, महामन्त्री बनाउन सक्नुहुन्थ्यो, तर अहिलेको अवस्थामा पार्टीलाई धेरै मिलाएर लैजानुपर्ने अवस्थाको सिर्जना भएको छ ।

तपाई पार्टीभित्र गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिमध्ये कसलाई उपसभापति बनाए हुन्छ होला भन्ने पक्षमा हुनुहुन्छ ?
म कसैको पक्षमा पनि छैन । यस विषयमा मेरो कुनैपनि राय दिन चाहन्न । पार्टीभित्रको संरचना र कांग्रेसको विधानले दिएको अधिकार प्रयोग गरेर पार्टी सभापतिले मनोनित गर्ने हो । त्यसमा यो राय उ राय भनेर भन्दै हिँड्ने म गर्दिन ।

त्यसोभए यी दुवै जना नेता मध्ये जो भएपनि हुन्छ, भन्न खोज्नसभएको हो ?
मैले नेपालमा टेक्निकल्ली पद समाल्ने नेता र पार्टी सभापति बन्ने नेता एउटा कुरा हो । विचार र चिन्तनको नेता बन्ने कुरा अर्को हो । मैले अहिले नेपालको राजनीतिक परिवेशमा त्यस्तो नेता बन्ने खालको व्यक्ति कम नै देखेको छु ।

पार्टी सभापतिले जस–जसलाई पदीय जिम्मेवारी दिँदै हुनुहुन्छ, त्यसमा तपाईको असन्तुष्टि रहेको हो ?
होइन, त्यो केन्द्रीय समितिमा आएर मात्र छलफल जानुपर्छ । बाहिर – बाहिर बाँड्दै हिँड्ने कुरा होइन । नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय समितिमा साभापतिजीले प्रस्तुत गरेपछि मात्र त्यसलाई अनुमोदन गर्नुपर्छ । त्यसकारण उहँले मलाई यो–यो गर्दा कस्तो हुन्छ होला भनेर सोध्नुभयो भने सल्लाह दिउँला । तर जथाभावी मिडियावाजी गरेर सञ्चारमाध्यमबाट त्यसको बारेमा बोल्नु त्यति उपयुक्त नहोला ।

हाम्रो समूहमा विचारको दृष्टिकोणले सबैभन्दा बढी छ । तर नेपाली कांग्रेभित्र जर्बजस्ती गर्ने बानी भएको हुँदा डेमोक्रेटिक प्रक्रियाबाट आएकोलाई अनडेमोक्रेटिक तरिकाले त्यसलाई फाल्छौं भन्न त भएन नि । चौधौ महाधिवेशन जतिसक्दो चाडो गरेर नयाँ व्यक्ति, नयाँ विचार, नयाँ दृष्टिकोण लिएर अगाडी बढौं । संसारमा अहिले नयाँ तरिकाले गइरहेको बेलामा हामी पुरानै शैली, पुरानै दृष्टिकोणले जाने हो भने हामी कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।

कम्युनिष्टहरुले गाउँ गाउँमा अहिले कांग्रेसलाई हरेक विकास निर्माणदेखि बाहिर पारेका छन् । कांग्रेसले जितेको ठाउँ छ भने कुनै ठाउँमा बजेट नै दिएको छैन । यो प्रक्रियालाई यो असहिष्णुता बनिरहेको यो अवस्थालाई कांग्रेस नयाँ तरिकाले लानुपर्छ भन्ने कुरालाई असहमतिको रुपमा लिन पनि हुँदैन ।

नेपाली कांग्रेसको पार्टीलाई सुधार गर्नको लागि पुराना नेताहरुलाई विस्थापित गर्नपर्छ भन्ने तपाईको धारणा हो ?
कांग्रेस पार्टीलाई सुधार्दै नयाँ नेतृत्व निर्माण गर्दै अगाडी बढ्नको निम्ति हामी तयार हुनुपर्छ । महाधिवेशन भएको दुइ वर्ष भइसक्यो, संविधान अनुसार विधान बनाउन सकेका छैनौं । विधानमा वडा गा.वि.स, नगरदेखि प्रदेशसम्म जाँदाखेरी त अब महाधिवेशनको सुरुवात गर्ने बेला भयो ।

त्यसकारण यसलाई अर्लि महाधिवेशन भन्नुस वा समयमा महाधिवेशन गर्छु भन्नु यो एउटै कुरा हो । हामी जर्बजस्ती गर्ने पक्षमा छैनौं । हाम्रो दृष्टिकोण हो हामीले राख्यौ, पार्टीलाई अगाडी बढाउनको निम्ति सक्षम बनाउनको निम्ति अहिलेको बामपन्थी सरकारसँग प्रतिस्प्रर्धा गरेर जसको निम्ति हामीले आफ्नो कुरा राख्यौ ।

 

सम्बन्धित समाचार

AtlanticAce Casino im Praxistest: Lohnt sich der Hype um die 10.000 Spiele?
  • २०७५ बैशाख ३, १०: ०८

Mein ehrlicher Test von AtlanticAce Casino. Ist die riesige Spielauswahl echt oder nur Fassade? Alles zu Bonus, Limits und Sicherheit...

Понимание систем джекпотов в 1win казино
  • २०७५ बैशाख ३, १०: ०८

Понимание систем джекпотов в 1win казино Меня зовут Алексей Николаев, и сегодня я расскажу вам о 1win казино и его...

Artofzeus: eine Plattform unter deutschen Glücksspielvorgaben
  • २०७५ बैशाख ३, १०: ०८

Artofzeus positioniert sich als Plattform für kontrolliertes Spiel. Analyse von Merkmalen, Limits und Angebot für deutsche Spieler.