डोरमणी पौडेल–मूख्यमन्त्री, प्रदेश नं. ३
नेपालको नयाँ संविधान अनुसार स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार निर्माण प्रकृया पुरा भएको छ । तीनै तहका सरकारहरुले जनताका काम छिटो र छरीतो गराउने प्रयास गरेतापनि केही ठाउँमा जन गुनासो भने बढिरहेको छ । तर स्थानीय सरकारले जनताको आकांक्षा र संविधानले निर्देशित गरेअनुसार घर–घरमा स्थानीय सरकारको स्वरुपलाई पूर्णता दिन भने सकिरहेका छैनन् । त्यसैगरी प्रदेश सरकारले पनि जुन किसिमबाट सरकार अगाडी बढ्नुपर्ने हो, त्यही अनुरुप अगाडी बढ्न सकिरहेको छैन ।
देशको वर्तमान अवस्थामा संविधान अनुसार बनेका संरचनालाई कार्यान्वयनतर्फ लैजान प्रत्येक प्रदेशमा ऐन, कानुन तथा बजेटको अभावका कारण जनताले भनेजस्तो काम हुन सकेको छैन । भर्खर मात्र नेपालमा संघीयताको कार्यान्वयन गर्ने वातावरण निर्माण हुँदैछ ।
कुनैपनि प्रदेशको आफ्नै आम्दानीको स्रोत तयार हुन सकेको छैन । अहिले राजधानी भएको स्थानमा रहने कि नरहने विवाद कायमै छ, कसैले भन्छ सार्नुपर्छ, कसैले भन्छ सार्न दिनौं । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर पत्रकार ऋषि धमलाले नयाँ विकल्प साप्ताहिकका लागि गरेको कुराकानीको सम्पादीत अशंः
तपाई मुख्यमन्त्री भएको तीन महीना बितिसक्दा पनि प्रदेशको नाम र राजधानी तोक्न सक्नु भएननी, किन ?
त्यसो होइन सक्नुभएन भन्ने कुरा नै छैन । यसको लागि समय आउँदै छ । संविधानले दिएको भावना अनुसार हुुन्छ । संविधानले छ महिनाभित्र तोकेको हुँदा भर्खर तीन महिना मात्र भएको छ । तीन महिना त अझै बाँकी नै छ । निर्धारित समयभित्र तोकिन्छ नी, त्यसमा आत्तिनु पर्ने हतार गर्नुपर्ने कुनै कारण छैन ।
त्यसोभए नं. ३ प्रदेशको नाम के राख्नुहुन्छ त ?
नामको विषयमा मैले भन्ने कुरा भएन, त्यसमा पनि केही प्रक्रियाहरु छन् । जुन प्रक्रिया पुरा गरेर राख्दाखेरी जे नाम पनि रहन सक्छ । मेरो मात्र कुरा गर्ने हो भने मैले संघीयता आउने बित्तिकै मैले यसको नाम चाँही राजधानी प्रदेश राख्नुपर्छ भनेर भनेको छु । मेरो आफ्नो नाममा विचार गर्न राजधानी प्रदेश नं. ३ को कुरा गर्दा राजधानी प्रदेश राख्नुपर्छ भन्ने हो ।
प्रदेश नं. ३ को नाम राजधानी प्रदेश राख्दा त्यसमा कुनै विवाद आउने सम्भावना देख्नुहुन्छ कि हुदैन् ?
मेरो तर्फबाट छैन, विवाद भयो र अनेक खालका कुराहरु भयो भने त्यो त फेरी संविधानअनुसार दुइ तिहाइमा जानुपर्छ । संविधान कसले राख्ने भन्ने होलान तर मैले प्रस्ताव गर्नुप¥यो भने राजधानी प्रदेश नै प्रस्ताव राख्दछु ।
उसोभए प्रदेश नं. ३ को राजधानी हेटौडालाई बनाउनुहुन्छ की काभ्रेतिर पु¥याउनुहुन्छ ?
त्यो कुरा चाँही अहिले मैले ठयाक्कै भन्न मिल्दैन । एक हिसाबले भन्नु पर्दा म हेटौडा, मकवानपुरको वासी हुँ । म यहाँको वासी भएको हुनाले राजधानी यही राख्नुपर्छ भन्नु त मेरो स्वभाविक कुरा हो र भन्नैपर्छ । प्रयत्न पनि गर्नैपर्छ तर यसको मतलब लडाई, झगडा गरेर यही हुनैपर्छ भनेर झगडा गर्ने होइन । यसको प्रकृयाहरु छन्, प्रकृया पु¥याएनौ भने अन्य ठाउँमा पनि जान सक्छ ।
तर तपाईले प्रदेश नं. ३को राजधानी हेटौडामानै बनाउनुपर्छ भनेर जनताको माझमा भोट माग्नु भएको होइन ?
होइन, राजधानी हेटौडा भनेर मैले त्यसरी तोकेर भनेको थिईन । हेटौडाको मान्छेले राजधानी हेटौडा नै हुनुपर्छ भन्नु स्वभाविक हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले हेटौडा नै हुन्छ, राजधानी भनेर भन्नु भएको थियो । तर उहाँले भनेर पनि हुँदैन । प्रदेश सभाको दुइ तिहाइ बहुमतले राजधानी तोक्ने व्यवस्था छ, सोही अनुसार हुन्छ । अब त्यहाँ कसैले भनेर पनि हुँदैन । मैले भनेर पनि हुँदैन । व्यक्तिगत हिसाबमा कसैले भनेर हुने कुरा पनि होइन । के.पी. शर्मा ओलीजीले पनि व्यक्तिगत रुपमा भनेर हुँदैन । जसले जे भनेपनि त्यसको प्रकिृया पुरा गर्नैपर्छ । प्रक्रिया पुरा गर्दाखेरी धादिङ्ग, नुवाकोट, काभ्रे, जहाँ पनि हुन सक्छ ।
तर हेटौडामा राजधानीका लागि पूर्वाधारहरु तयार भएका छन् सर्न सक्दैन भन्छन् नी ?
त्यो त जतिन्जेल बसिन्छ तेतिन्जेलसम्म बस्ने ठाउँ नि चाहियो । कार्यालय पनि चाहियो त्यसको लागि त पूर्वधार तयार गर्नैप¥यो । यसको अर्थ के हो भने अब भौतिक पूर्वाधार तयार भएको हुँदा लगानीहरु पनि त्यहाँ भइसकेका छन् । हामीलाई आवश्यक न्युनतम सबै पूर्वाधारहरु पनि छ त्यसले गर्दा यहाँ जति सजिलो छ त्यति फेरि बाहिर जाने बित्तिकै यी सबै पूर्वाधार तयार गर्न लगानीको कुरा आउँछ । ठाउँ र पूर्वाधारको कुरा आउँछ यी सबै कुराले समस्या त निम्त्याउला । तर के भने यो दीर्घकालीन होइन । त्यतिबेला नै अस्थायी राजधानी भनेर तोकेको हो । त्यसैले हामीले एकदमै स्थायी रुपमा त्यसलाई बनाउन सकि रहेका छैनौं र अरु ठाउँमा यत्तिको पूर्वाधार छैन । अन्त कहि जाँदा पनि यि पूर्वाधार तयार गर्न समय त लाग्छ नै जस्तोसुकै भएपनि त्यसैले हामीले त्यसलाई छ महिनाभित्र निश्कर्ष निकाल्नु पर्नेछ । दुई तिहाइले निष्कर्षमा जे पु¥याउँछ, त्यसैलाई मान्दै जानुपर्छ ।
पछिल्लो समयमा मुख्यमन्त्रीको काम व्यस्तता कत्तिको हुँदै गएको छ ?
व्यस्तता बढ्दै गएको छ । नयाँ प्रदेश सभा भएको हुँदा धेरै कुराको समस्या छ । व्यवस्थापन गर्दै जानुपर्छ, आएका चुनौतिलाई सामना गर्नैपर्छ । त्यसैले गर्दा म आजभोली जम्मा जम्मी ४ घण्टाभन्दा सुत्ने गरेको छैन । बिहान उठेदेखि काम सुरु हुन्छ, राती ११÷१२ बजेसम्म काम भइरहेको हुन्छ । ३ नं. प्रदेशका जनताका समस्याहरु आइरहेका हुन्छन् । ति समस्याहरुलाई हल गर्दै सुल्झाउदै लानुपर्ने मेरो कर्तव्य हो । त्यही कर्तव्यमा लागि परेको छु ।
काम त गरिरहनु भएको छ, तर कामको परिणाम चाँही आउन सकिरहेको छैन भन्छन् नी ?
परिणाम एकैपटक आउदैन । अब केही महिनापछि परिणाम आउने क्रम सुरु हुन्छ । अहिले हामी ३ नं. प्रदेशको लागि नीति, कार्यक्रम, राष्ट्रिय योजनाका कार्यक्रमहरु, प्रदेशभित्रका बजेटको व्यवस्थापन तर्जुमा गर्नेदेखि ऐन, कानुन बनाउने काममा लागि परेका कारण प्रदेश सभा पनि व्यस्त रहेको छ । ऐन, कानुनको अभावका कारण हामी पूर्ण रुपमा अगाडी बढ्न सरिरहेका छैनौं । अहिले अधिकार अलिकति बढी केन्द्रीकृत भयो भन्ने लागेको छ । हाम्रो प्रदेशले जति अधिकार पाउनु पर्ने हो, त्यति पाइरहेको छैन भन्ने लाग्छ । धेरै कुरा प्रष्ट भइ नसकेकोले काम गर्न अफ्ठ्यारो छ । तर यी सबै अफ्ठ्यारा र ऐन, कानुनका बाबजुद पनि केही कामहरु नभएका होइनन् ।
उसोभए प्रदेश सभामा ऐन, कानुनका अभावले गर्दा सभानै चलेको छैन त ?
तपाईको लोकप्रिय पत्रिकामार्फत स्पष्ट जानकारी गराउन चाहन्छु की वर्तमान अवस्थामा भन्नलाई सजिलो भएता पनि गर्नलाई धेरै गाह्रो छ । बाहिर बसेकालाई सबै कुरा भन्न छुट छ तरपनि यथार्थ कुरा नबुझी नबोदीदा बेस हुने थियो । वर्तमान अवस्थामा समस्या के छ, कहाँ छ भनेर छुट्याउन आवश्यक छ । अहिले तीन तहाको सरकार भएको हुँदा समन्वयको खाँचो छ । पहिलो संघीय प्रदेश, दोस्रो प्रदेश र तेस्रो स्थानीय तहको बीचमा समन्वय गराउन आवश्यक छ । त्यसैले तीन वटै तहको बीचमा समन्वय हुन अत्यावश्यक छ । वर्तमान अवस्थामा कतिपय ऐन, कानुनले गर्दा एक तहले अर्को तहसम्म समन्वय भएको छैन ।
त्यसैले कतिपय ऐन, कानुनहरु मोडेलको रुपमा भएपनि बनाएर संघीयले दिनुपर्ने अवस्था छ । तर अहिले प्रदेशहरु एकदमै आ–आफ्नो ढङ्गले चलिरहेका छन् । हामी सहायता मागिरहेका छौं । तर उपलब्ध हुन सकिरहेको छैन । यी सबै कुराको सबै तहमा एउटा कानुनले अर्कोसँग बाझिन गएको छ । अर्कोले गर्नुपर्ने अर्कोसँग बाझिन भएन । यी सबै कुराले गर्दाखेरी चाँही केही समय प्रतिक्षा गर्नुपर्ने अवस्था छ । कतिपय कुराहरु माथिबाट आदेशको रुपमा लिनुपर्ने अवस्था छ । हामी स्वतन्त्रका कुरा गर्छौ । तर कतिपय केन्द्रीय निकायका कार्यालयहरु, क्षेत्रीय स्तरका कार्यालयहरु र यहाँका डिभिजनहरु यी सबै कसका मातहतमा रहने भन्ने कुरा अहिले स्पष्ट भएको छैन । प्रदेश प्रहरीलाई कसरी मिलाउने हो । प्रदेश प्रहरीको अहिले ऐननै बनेको छैन । यी सबै समस्याहरु छन् ।
यी सबै ऐन, कानुनहरु हामीले बनाउने हो, केन्द्रले बनाउने होइन । तर केन्द्रले बनाउनु पर्ने ऐन नबनाइदिएर हामी मात्र त्यसैको पछाडि दौडिनु भएन । त्यसले गर्दा यस्ता कुराहरु छन् जुन केन्द्रले गर्नैपर्ने काम उनीहरुले नगर्दाखेरी रोकिने अवस्था पनि सिर्जना भएका छन् । जहाँ जुन केन्द्रसँग सरोकार नराखीकन प्रदेशले मात्र बनाउनु पर्ने ऐन, कानुन, नियम जे जति छ त्यसमा हामी अहिले दु्रत गतिमा अगाडी बढीसकेका छौं । त्यसैले यी कामहरु पनि भईराखेका छन् ।
वर्तमान अवस्थामा ३ नं. प्रदेशमा विकास र पूर्वाधारको सम्भावनाहरु के–के भैइरहेका छन् ?
अहिले पूर्वाधारको कामहरु केही भएको छैन । हाम्रा सबै योजनाहरु योजना निर्माणका कामहरु जेजति काम छन् ती सबै योजनाबद्ध ढङ्गले अगाडी बढीरहेको छ । तर त्यो काम गर्न हामीसँग अहिले बजेटको अभाव छ । बजेट नभएको हुनाले हामी अहिले त्यो काम गर्न सक्दैनौं । हामी यो दुइ महिनामा प्रोजेक्ट बैंक बनाउने काम गर्छौ र हामी एउटा जिल्लाभित्र कतिवटा महत्वपूर्ण कामहरु गर्न सक्छौं ति सबै कामहरुको योजना तयार गरिरहेका छौं । अब त्यसलाई डिजाइन गर्ने, इस्टिमेट तयार गरेर भदौ, असोजदेखी पुर्ण रुपमा काम नै सुरु गर्ने गरी ठेक्कपट्टा लगाउने गरी काम अगाडी बढीरहेको छ । त्यो भन्दा अगाडीका डकुमेन्टहरु सबै यो २÷३ महिनाभित्र तयार गर्ने योजना बनाएका छौं ।
महाभूकम्प गएको तीन वर्ष हुँदासम्म पनि भूकम्पपिडित जनताले अझैसम्म राहत नपाएको गुनासो छ नि ?
मैले अधिकतम प्रयत्न गरेको छु । महाभूकम्प पनि हाम्रो प्रदेशमा सबैभन्दा धेरै नास भएको प्रदेश हो । एउटा गोर्खा जिल्ला बाहेक अरु सबै हाम्रै प्रदेशका पर्छ । त्यसका निमित हाम्रो तहबाट गर्ने कामहरुका बारेमा केन्द्रीय स्तरलाई सबै कुराहरु जानकारी गराइसकिएको छ । धेरै जटिलताहरु पुन निर्माणमा छन् । तर ती जटिलता फुकाउनका लागि यही १४ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको टिमलाई यहाँ बोलाएर त्यसलाई कसरी सुधार गर्न सकिन्छ र छिटो काम गर्ने उपाय के–के हुन्, अहिलेसम्म किन ढिला भइरहेको छ ? त्यस बारेमा छलफल गरेका छौं । त्यो छलफलपछि प्राधिकरणले हामीलाई केही जानकारी गराएको छैन । महाभुकम्प पछि स्थानीय स्तरमा जनताका घर पुनः निर्माणमा हाम्रो ध्यान गएतापनि कानुनी अट्चनका कारण काम अगाडी बढन सकेको छैन ।
1. The Pulse of Stake’s Short‑Session Landscape Stake Casino heeft een niche gevonden voor spelers die verlangen naar directe opwinding...
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...