
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता बेलायत भ्रमण जादैँछन् । २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै
देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।
५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको नेपाली दूतावास लण्डनले जनाएको छ । आगामी शुक्रवार (अक्टोबर २९ तारिख) साँझ देउवा लण्डन पुग्ने र भोलिपल्ट बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने नेपाली दूतावासकी प्रवक्ता रोशन खनाल बताए ।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। देउवाले समिटमा विश्वमा तीव्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने बताइएको छ । टोली कार्तिक १७ (३ नोभेम्बर) मा ग्लास्गोबाट नेपाल फर्किने कार्यक्रम तय भएको छ ।
Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...