आलोपालो सरकार चलाऔंः नेपाली काँग्रेस – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

आलोपालो सरकार चलाऔंः नेपाली काँग्रेस

विराटनगर । विविध कारणबस प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने समय साताका लागि पर धकेलिएको छ। गठबन्धन र सत्तारुढ एमाले कै माग अनुसार प्रदेशसभा बैठक स्थगित गरिएपछि विश्वासको मत लिने समय पर धकेलिएको हो।

आइतबार बोलाइएको बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित गरिएको छ। आचार्य नेतृत्वको सरकार अहिले अल्पमतमा परेको छ। शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका मुख्यमन्त्रीले असोज २५ गते संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेशमा गठबन्धन दलका तर्फबाट सरकार सञ्चालन गर्दा आलोपालो हुनुपर्ने माग नेपाली कांग्रेसले अघि सारिरहेको छ। कांग्रेसले अबको सरकारमा प्रदेशको मुख्यमन्त्रीका लागि आलोपालो खोजेको एक साँसदले बताए ।

आलोपालोकै लागि सहमति गर्नलाई मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नयाँ विकल्पलाई बताए। बागमतीमा जस्तै प्रदेश १ मा पनि कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच आलोपालो मुख्यमन्त्री हुनुपर्ने माग कांग्रेसले राखेको उनको भनाइ छ।

केन्द्रको सहमति अनुसार प्रदेश १ मा सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने तयारी छ । सत्तारुढ एमाले विभाजन भएकाले मुख्यमन्त्री आचार्यले संसदबाट विश्वासको मत लिन लागेका हुन्। बहुमत पुर्‍याउनका लागि सांसद संख्या पर्याप्त नभएका कारण उनले विश्वासको मत पाउने सम्भावना कमै छ।

वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् भने ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ मत आवश्यक पर्ने देखिएको छ । तर सत्तारुढ एमालेसँग सभामुखसहित ४१ जना मात्रै सांसद छन् भने विपक्षी गठबन्धनसँग ५० सांसद छन् ।

कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक ८, ०८: ०७

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक ८, ०८: ०७

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक ८, ०८: ०७

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...