न्यायालयको समस्या आपसी समझदारीमा हल गरिनु पर्छ: पूर्व न्यायाधीश – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

न्यायालयको समस्या आपसी समझदारीमा हल गरिनु पर्छ: पूर्व न्यायाधीश

काठमाडौं । अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले बताएका छन् । तत्काल समस्या समाधान गरेर जनतालाई न्याय दिलाउनु पर्ने उनको भनाइ छ ।

भण्डारीले भने, ‘न्यायाधीशहरुले बेञ्च बहिष्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरुले सोच्ने कुरा हो, छिटो समाधानका लागि छलफल तथा सम्वाद गरेर निकास निकाल्नुपर्छ । समझदारीपूर्ण तवरले जे गर्दा ठिक हुन्छ, त्यही गर्नुपर्छ ।’

बुधबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै उनले भोलिसम्म समाधान निस्किन सक्ने संकेत गरे । देशमा जब राजनीतिक रुपमा अस्थिरता आउँछ त्यसको असर सम्पूर्ण अंगमा पर्छ भन्दै राज्य सञ्चालनमा दलहरुले सुशासन कायम नगरेकोले अहिलेको अवस्था आएको टिप्पणी गरे ।

प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा १३१ ले मात्रै हुने उनको भनाइ छ । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच चेक एण्ड ब्यालेन्सको नीति कायम हुनुपर्ने उनको ठम्याइ छ ।

प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने त्यो जबराले सोच्ने कुरा भएको र माग गरेको कुरा बेठिक हो भने अरुहरुले सोच्ने कुरा भएको भण्डारीले तर्क गरे ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक १०, १७: ०१

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक १०, १७: ०१

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक १०, १७: ०१

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...