
काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकले देशको समग्र सुरक्षा व्यवस्था कडा पार्नेबारे छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार बसेको बैठकले समग्र सुरक्षा स्थितिको बारे छलफल गरेको हो ।
अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भएको गृह मन्त्रालय स्रोतले बतायो । सीमा नाकामा सीसीटिभी जडान गर्ने, आवतजावत गर्दा अनिवार्य परिचय पत्र देखाउनुपर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन बढी प्रभावकारी गराउने निर्णय बैठकले गरेको छ । नाकामै स्वास्थ्य जाँच गर्ने बारेपनि बैठकमा निणर्य भएको छ ।
अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् ? भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्रीलाई ब्रिफिङ गरेको बताइएको छ । अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्ने गृहमन्त्री खाँणले निर्देशन दिए ।
बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की बैठकमा सहभागी भएका थिए।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई बैठकमा आमन्त्रित गरिएको थियो । विविध विषयमा थप छलफल गर्न आइतबार पुनः बैठक बस्ने जनाइएको छ ।
Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...
Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...
Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...