धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाण्डौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा गरिँदैछ । बिहान घर आँगन लिपपोत गरी बेलुका दीपावली गरी ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गर्ने चलन अनुसार सारा नेपालीले महत्वकासाथ पुजा गर्दै छन् ।

घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत सरसफाइ गरी दीपावली गरिँदैछ । कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आँगनदेखि मुलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मीको पूजाका गर्न लागिएको हो ।

पाइलैपिच्छे दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइने भएकाले आज विशेष महत्व रहन्छ । दियोमा तेल राखेर बत्ती बाल्ने परमपरा विस्तारै मैनबत्ती बाल्ने चलनले लिएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ भने आजै बेलुदेखि भैलो खेलिन्छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । यसैबीच कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गइ स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइँदैछ ।

कुकुर तिहार र नरक चतुर्दशी तिहारको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन हिजो र नरक चतुर्दशी तेस्रो दिन आज परेको छ।

सम्बन्धित समाचार

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito
  • २०७८ कार्तिक १८, ०८: ०१

Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych
  • २०७८ कार्तिक १८, ०८: ०१

Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...

Pinco Casino-a Asan Pul Yatırma Metodları
  • २०७८ कार्तिक १८, ०८: ०१

Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...