
काठमाडौं। जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धता जनाउँदै नेपालले राखेको एजेण्डामा विश्व जगत सहमत भएको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) वल्र्ड लिडर कार्यक्रममा भाग लिन बेलायतको ग्लास्गो पुगेका नेताले साझा अभियानबिना जलवायु परिवर्तनको असरसँग जुध्न नसकिने निष्कर्ष निकालेका हुन ।
जलवायु परिवर्तनको चुनौतीको सामना गर्न एक अर्काको सहयोगी हुने धारणा राख्दै द्विपक्षीय, बहुपक्षीय भेटवार्ता, सम्झौता तथा सहमतिमा हस्ताक्षरसमेत विश्वका नेताहरुले गरेका छन् ।
वन संरक्षणमा विश्वमै नमुना काम गरेको नेपालले आणविक भट्टी प्रशस्त भएको अमेरिका, बेलायतजस्ता मुलुकलाई वनको संरक्षण गर्न, मिथेन उत्सर्जन कम गर्न र हरित प्रविधिलाई गति दिने कुरामा सहमति गराउन सफल भएको अधिकारीहरुले बताएका छन् । उच्च हिमाली क्षेत्रले विश्वलाई दिएको योगदान र त्यो क्षेत्रमा असर पर्दा विश्व समुदायले बेहोर्ने क्षतिबारे सम्मेलनमा विशेष चर्चा गरियो ।
विश्व समुदायका अगाडि हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले पारेको प्रभावसँग जुध्न सबैले लाग्नुपर्ने एउटा एजेन्डा जबर्जस्त पारित समेत भयो । खासै प्राथमिकता नपाउने गरेको विगतको इतिहासलाई हेर्दा यो पटक नेपालले महान उपलब्धि हासिल गरेको जानकारहरु बताउँछन् ।
विश्वका १७० भन्दा बढी मुलुकका ४० हजार व्यक्तिको सहभागिता रहेको सम्मेलनमा १३२ जना राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको सहभागिता र दुई दिनको लिडर्स समिटमा सम्बोधन गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको एक महत्वपूर्ण बैठकमा विश्वका २२ राष्ट्राध्यक्ष र सरकार प्रमुखको मात्र सहभागिता रहेको थियो ।
सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जनसहभागितामूलक वनजङ्गल संरक्षणको कामलाई विश्वले सिक्नुपर्ने बताउँदा सबैले ताली बजाएर स्वागत गरेका थिए । विश्वले नजिकबाट हेरिरहेको क्षणमा नेपालले आफ्ना कुरा भन्नु पाउनु ऐतिहासिक अवसर भएको वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले बताए
Warum Dragonslots schnelle Gamer anspricht In der heutigen unterwegs-Welt sehnen sich Spieler nach sofortigen Nervenkitzeln ohne die Verpflichtung einer Marathon-Session....
1. The Pulse of Vulkan Vegas Vulkan Vegas točí kolo štěstí kolem bleskových vzrušení. Hráči, kteří touží po okamžitém výplatě,...
1. Le Démarrage Lightning Slotexo vous permet de plonger directement dans l’action sans long rituel d’intégration. En quelques clics, vous...