
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमै सम्पन्न हुने बताएका छन् । शुक्रबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन ।
महाधिवेशन समयमा हुँदैन भनेर गलत प्रचार गर्नेहरुका कुरा नपत्याउन आग्रह गर्दै उनले तयारीमा जुट्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए । देउवाले भने, ‘जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । तयारीमा लाग्नु होला महाधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ । कुनैपनि हालतमा मंसिरमै सकाउनुस भनेर निर्देशन दिएको छु ।’
१४ औं महाधिवेशन मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिले तयारी छ त्यसैले मंसिरभित्र महाधिवेशन सम्पन्न हुनेमा देउवाले विश्वस्त पारे । मंसिरभित्रै काँग्रेसले महाधिवेशन नगरे तीनवटा चुनावमा भाग लिन नपाउने भएकाले निर्वाचन समितिले पनि समयमै सक्ने प्रतिबद्धता जनाएको देउवाले बताए ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
प्रतिस्पर्धा गर्दा जित र हार हुने भएकाले दुस्मनी नबनाई जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने बताए । उनले फरक प्रसंगमा बोल्दै कोभिड विरुद्धको खोप लगाउँन सबैलाई अनुरोध गरे । अस्ट्रानेनिका खोप तेस्रो पटक लगाउँनु पर्ने बताए । खोप नलगाएकाले अनिवार्य खोप लगाउन आग्रह गरे ।
राजनीतिमा पार्टी सभापतिले भक्तपुरलाई नहेरेको भन्ने कुरा गलत भएको भन्दै आफ्नो ध्यान भक्तपुरमा केन्द्रीत भएको देउवाले बताए । सहिद परिवारलाई दश लाख राहत दिने र राजनीतिमा अवसर दिने पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै मन्त्री कृष्णलाल भडेलले उखान तुक्काले अब मुलुक नचल्ने भएकाले सबै देश विकासमा लाग्न अनुरोध गरे । उनले भने, ‘उखान तुक्काले चल्ने मुलुक अब होइन, हाम्रो अधिवेशन पनि आइरहेको छ, लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्न अनुरोध गर्दछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस भक्तपुरका सभापति दुर्लव थापाले कसैलाई काखा र कसैलाई पाखा नगर्ने पार्टी काँग्रेस भएकाले लोभ लालच नगरि महाधिवेशन सम्पन्न गर्न सबै कार्यकर्तालाई अनुरोध गरे । महाधिवेशनमा पार्टीका कार्यकर्ताबीच आन्तरिक प्रतिस्पर्धा हुने र लोकतन्त्रको सौन्दर्य यहीं नै भएकाले लोभ त्याग्न अनुरोध गरे । केही मानिसहरु भत्ताका लालचले लोभिहरुको पछि पछि लागेको दावी गरे ।
थापाले भने, ‘एउटै बाटोलाई दश ठाउँमा निरिक्षण गरेर, दश ठाउँमा शिलान्यास गरी कमिशन र भक्ता खाने, त्यसमा पनि हाम्रा केहि साथीहरु महेश बस्नेतको पछि पछि लागेर विकास निर्माणका कमिशन आए, अब त्यो लोभ त्याग्न अनुरोध गर्दछु ।’
विकास निर्माणमा कमिशनको खेल बनाइरहेको प्रति विरोध गर्दै जिल्ला सभापति थापाले भक्तपुरका बारेमा पार्टी सभापति देउवालाई रिर्पोटिङ्ग गरेका थिए । पार्टीलाई बलियो बनाउँन कार्यकर्तालाई पार्टीप्रति बफादार बन्न आग्रह गरे । भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यकर्ताको उल्यख्य सहभागिता रहेको थियो ।
तस्वीरमा हेर्नुहाेस्…







Difendere i tuoi diritti nei casino online non AAMS: Guida alla Scelta del Miglior Sito Mi chiamo Marco Rossi, e...
Ekscytujące promocje Kasyno Mostbet dla graczy mobilnych Nazywam się Jakub Kowalski i jako ekspert w dziedzinie gier kasynowych, chciałbym przedstawić...
Pinco Casino-a Asan Pul Yatırma Metodları Mənim adım Elvin Mahmudovdur və bu gün sizlərə Pinco Casino-nun onlayn pul yatırma prosesini...