४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

४ लाख ४३ हजार नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त खटिएको प्रहरी टोलीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं. १४ पुरानो नैकाप शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई पक्राउ गरेको हो । सात बुक ताससहित ठूलो रकमसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

पक्राउ पर्नेमा पुरानो नैकापका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी. ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

प्रहरीका अनुसारचन्द्रागिरी नगरपालिका–१३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरन्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका–१२का निरन्जन केसी, दैलेख दुन्‍नु नगरपालिका–११ घर भइ चन्द्रागिरी नगरपालिका–१३ बस्‍दै आएका ४७ वर्षीय गणेश रसाइली

र काभ्रे पाँचखाल नगरपालिका–११ घर भइ हाल दक्षिणकाली नगरपालिका–१ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Red Stag Casino – Quick‑Hit Slots & Fast‑Play Action
  • २०७८ कार्तिक २१, १२: ०७

1. The Pulse of a Rapid‑Fire Session When you log on to Red Stag Casino, the first thing that catches...

GAME4U – Quick‑Hit Slots and Lightning Play for the Modern Gambler
  • २०७८ कार्तिक २१, १२: ०७

Welcome to GAME4U: Where Every Spin Counts GAME4U has carved out a niche for players who crave instant gratification without...

BDM Bet Casino: Rychlé automaty a okamžité výhry pro moderního hráče
  • २०७८ कार्तिक २१, १२: ०७

Proč je BDM Bet přizpůsobený pro rychlou hru BDM Bet si vybudoval pověst díky uživatelsky přívětivému rozhraní, které vám umožní...