छठ पर्व सुरु – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

छठ पर्व सुरु

काठमाडौं । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी अर्थात आज छठको पहिलो दिन हो । यस दिनलाई ‘नहाय खाय’ भनिन्छ । बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिने दिन हो आज

। एक छाक मात्र खाएर व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन् । शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइने गरिन्छ ।

प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरि देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू समावेश छ ।

यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ ।

त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ । शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।

यसैबीच अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बनाएका सामाग्रीहरु छठको पूर्व सन्ध्यामा जोहो गर्न अहिले भ्याइ–नभ्याइ हुन्छ । यो पर्व आय आर्जनको अवसरका रुपमा पनि लिने गरिन्छ ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक २२, ०८: ३९

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक २२, ०८: ३९

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक २२, ०८: ३९

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...