प्रकाशमान सिंह— पूर्वमहामन्त्री नेपाली काँग्रेस
नेपाली राजनीतिका अटल, साहसी लौहपुरुष गणेशमान सिंह जसले २०४६ सालको पहिलो जन आन्दोलनको सर्वोच्च कमाण्डर भई जनआन्दोलनबाट ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था फाल्न सफल भएका व्यक्ति आज हामीबीच भौतिक शरिर नभएता पनि गणेशमान सिंहको विचारहरु नेपाली राजनीतिमा जहिले पनि सान्दर्भिक भइरहेको देखिन्छ ।
त्यसैले पनि काँग्रेसले मात्र होईन गणेशमान सिंहलाई तत्कालिन सात दलिय वाममोर्चाले समेत पहिलो जनआन्दोलनको सर्वोच्च कमाण्डर बनाएको थियो । उनै लौहपुरुषको २१ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस ९ नं क्षेत्रीय समितिद्वारा आयोजित २ दिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले व्यक्त गर्नुभएको विचारको सम्पादीत अशः
काँग्रेसको संगठनमा सबैभन्दा ठूलो कमजोरी पक्ष के हो भने एक आपसमा समन्वय तथा अन्तरक्रिया गर्ने बानी कम रहेको छ । संगठन भनेको औपचारिक कार्यक्रममा मात्र सिमित राख्नु हुँदैन । अनौपचारिक तवरले पनि हामी पार्टीका कार्यकर्ताहरु, समय समयमा जुटिरहनुपर्छ । हामी गुनासो मात्र गरिरहेका हुन्छौं, जहिले पनि गनगन गरिरहेका हुन्छौं, हामीले आ–आफ्नो गुनासो एक आपसमा बाड्नुपर्छ । आफ्नो मनमा लागेका कुराहरु, आफुले देखेका कमीकमजोरीहरु एक आपसमा बसेर छलफल गरेर कसरी त्यो समस्यालाई हटाउने भन्ने कुरामा समन्वयन, समझदारी, गरेको खण्डमा मित्रता बढ्दै जाने छ र संगठनलाई पनि सुधार गर्न सकिनेछ ।
काँग्रेसको अहिलेको परिस्थिति कस्तो छ त भन्दाखेरी सबै कुरा हतारमा गर्ने र फुर्सदमा पछुताउने बानी रहेको छ । किनभने कुनै पनि नयाँ सदस्यले आज क्रियाशिल सदस्य लिन्छ, क्रियाशिल लिएको भोलिपल्टै बुथमा आउँछ, अनि तुरुन्तै निर्वाचनमा आउँन खोज्छ, निर्वाचनमा मेरो पनि दाबी छ भन्ने परिस्थितिलाई हामीले परिवर्तन गर्नुपर्छ ।
भर्र्खरै जन्मेको बच्चा पनि युवा, वयस्क, परिपक्व मान्छे बन्नको लागि विभिन्न स्टेज पार गर्नैपर्छ । त्यस्तै यो राजनीतिमा पार्टीभित्र पनि त्यो स्टेज पार गर्नुपर्ने हुन्छ । डबल प्रमोसन, त्रिपल प्रमोसन लिएर जे चिज पनि तुरुन्तै प्राप्त गर्ने भन्ने जुन परिस्थिति बसेको छ, त्यसलाई हामी सबैले सोच्नुपर्ने बेला भएको छ । मैले यो कुरा किन भनिरहेको छु भन्दाखेरी पार्टीभित्रको संगठन गर्दाखेरीको अहिलेको परिस्थिति अलिकति नकारात्मक ट्रेनमा गएकोले यसलाई व्यवस्थापन गर्न जरुरी छ ।
गणेशमान सिंहज्यूकोे २१औं स्मृति दिवस मनाई रहँदा म के भन्न चाहन्छु भन्दाखेरी हामीले आफ्नो राजनीति कसरी गर्नुपर्छ भन्ने कुरा उहाँको स्मृति दिवस भएको कारणले मैले गणेशमानजीको नाम लिएँ । उहाँकै जिवनकाललाई हामीले यसो स्मरण गरौंन् । उहाँले कति वर्ष संघर्ष गर्नुभयो ? १९९७ सालमा १०४ वर्षको जहानिया राणा शासनलाई समाप्त गर्नको लागि चुनौति दिँदाखेरी उहाँचाँही प्रजा परिषद्को सदस्य हुनुहुन्थ्यो र उहाँलाई गिरफ्तार गरियो ।
१९९७ देखी २००१ सम्म निरकुंश व्यवस्थाले उहाँलाई जेलमा हाल्यो । राणाहरुलाई धक्का दिने हो भने संगठित रुपमा पार्टी खोलेर क्रान्ति नगरी हुँदैन भनेर जेलभित्रैबाट संघर्ष सुरु गर्नुभयो । उहाँले त्यो जेल फोर्नको लागि धेरै वर्ष प्रयास गर्नुप¥यो । उहाँका समकालिन भद्रगोल जेलभित्र बस्नेहरुले पनि उहाँलाई के भन्थ्ये रे भने यो गणेशमान पागल भएछ भन्थ्ये रे ।
इच्छाशक्ति भएर त्यसलाई चाँही निरन्तर रुपमा प्रतिकुल अवस्थामा पनि लागिराखेको कारणले गर्दा सबै कुरा सम्भव हुँदो रहेछ भन्ने उहाँको जिवनीबाट पनि थाहा पाउन सकिन्छ । उहाँले २००१ सालमा भद्रगोल जेलको दुई वटा अग्ला–अग्ला पर्खाल नाघेर हाम फालेर उहाँ बाहिर आउनुभयो । त्यसपछि २०४२ सालमा सत्याग्रह भयो र मलाई सत्याग्रहबाट तत्कालीन सरकारले त्यही जेलमा लग्यो, र त्यसपछि मैले जे देँखे त्यत्रो अग्ला–अग्ला पर्खाल नाघेर कसरी बाहिर भाग्नु भयो होला ? कथा सुनाए जस्तो लाग्थ्यो, तर त्यही सत्य रहेछ । उहाँ जुन ठाउँबाट नाघेर हाम फालेर भाग्नुभयो अहिले पनि त्यो ठाउँलाई गणेश पुर्जा भनेर चिनिन्छ ।
राजनीति भनेको कुरा अवसर पाउँदाखेरी तुरुन्तै लिने, अनि अलिकति च्यालेन्जीङ समय आयो भने पछिपछि भागेर त हुँदैन नी ! नेताहरुको काम आम कार्र्यकर्ताहरुलाई विश्वासमा लिएर पार्टीलाई अगाडि बढाउनु हो । पार्टीभित्र न्याय हुन्छ भन्ने खालको वातावरण सिर्जना गर्नु हो । विश्वासको वातावरण तयार गर्नको लागि पार्टीभित्र हामी सबै लाग्नुपर्छ । राजनीति गर्नको लागि आफ्नो तर्फबाट पनि योगदान गर्ने बानी बसाल्नुपर्छ । राजनीति भनेको सर्भिस गर्ने फिल्ड पनि हो ।
देश बनाउने र समाजलाई ठिक मार्गमा हिँडाउने सबैभन्दा प्रभावकारी माध्यम भनेको राजनीति क्षेत्र हो । यो राजनीतिक क्षेत्र समग्र रुपमा देश र समाजलाई नै एउटा सकारात्मक मार्गतिर डो¥याउने क्षमता भएको क्षेत्र हो । राजनीति भनेको जनताको सेवाको लागि गरिन्छ । सेवा गर्ने व्यक्ति मात्रै राजनीतिमा टिक्न सक्छ । राजनीतिको नाममा अहिले जस्तो पैसा कमाउने, व्यवसाय गर्ने जस्ता कामहरु रोक्नुपर्छ । राजनीतिक पार्टीले राजनीतिक धर्म छाड्न थाल्यो भने राजनीतिक पार्टीको छवि, नेताहरुको छवि के हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै हो राजनीतिमा लागेको मान्छेले जनतालाई चित्त दुखाउने काम गर्न हुँदैन ।
आम जनतालाई चित्त दुखाउने काम कतै हामीले ग¥यौ भने राजनीतिमा धेरै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । सैद्धान्तिक विचारमा बेग्लै कुरा होला तर व्यवहारमा चाँही के छ भन्दाखेरी म जहिले पनि हाम्रो पार्टी सभापतिजीसँग धेरै पटक छलफल गर्दा पनि त्यही भन्छु, हामी कार्यकर्ताहरुसँग भिजौ है भनेर भनिरहेकै हुन्छु ।
माछा पानीमा जसरी रमाउँछ, त्यसरी नै राजनीतिक संगठनको लिडरले आफ्नो कार्यकर्तासँग रमाउन सक्ने क्षमता भएन भने दिक्क हुन थाल्छन् । यो राजनीतिको काम नै कस्तो भन्दाखेरी बिहान उठेदेखि रातीसम्म आफ्नो घरको काम नगरेर भएपनि कार्यकर्ताको पिर, मर्का कसको के समस्या छ, के गरेर समाधान हुन्छ, त्यो समाधान खोज्न मिलाउनतिर लागेन भने संगठन अगाडि बढ्दैन । पुरा समयनै त्यसलाईनै दिनुपर्छ ।
म पनि पहिला रिसाहा, प्याच्चपुच्च बोल्ने खालको थिए । खारिदै आएपछि मैले चाँही के बुझेभन्दा भन्नुपर्ने कुरा विस्तारै भने हुन्छ किन कराउन पर्ने भन्ने लाग्दै आयो । रिसाउँदा उल्टो आफुलाई नोक्सान हुँदोरहेछ । एउटा काँग्रेसले अर्को काग्रेसलाई होच्याएर के गर्ने ? यसो गर्नाले काँग्रेस नै कमजोर हुन्छ । नेपाली काँग्रेस २००३ सालमा स्थापना भएको पार्टी जसले १०४ वर्षको जहाँनिया राणा शासनलाई समाप्त गरेको पार्टी नेपाली काँग्रेस हो ।
त्यसपछि पञ्चायती व्यवस्थालाई ढालेर बहुदलीय, प्रजातान्त्रिक पद्धतिलाई पुर्नस्थापना गरेको पार्टी नेपाली काँग्रेस हो । त्यति मात्र नभएर पछि द्धन्द्ध भयो फेरि शान्ति प्रक्रिया ल्याएर शान्ति प्रक्रियालाई अगाडि बढाएर, संविधान सभाबाट संविधान जारी गराएर आएको पार्टी नेपाली काँग्रेस हो । यो पार्टीले गर्न नसकेको काम भर्खरको अहिले जन्मिएको पार्टीले नारा दियो, भन्दैमा त्यसको पछिपछि कदापी लाग्नु हुँदैन । जेष्ठ पार्टी, राष्ट्रिय स्तरको पार्टी जो की नेपाली समाजमा भिजेको पार्टी एउटा भरपर्दो र विश्वासिलो पार्टीले गर्न नसकेको काम भर्खर जन्मेका फुच्चे पार्टीहरु जुन चाँही संसार भरिबाट विस्थापित भइसकेको कम्युनिष्ट पार्टीले गर्न सक्छ भनेर कल्पना गर्न हुँदैन । सैद्धान्तिक तवरले र व्यवहारिक तवरले पनि एउटा व्यवहारिक मान्छेले गर्ने काम भर्खरको बालकले गर्न सक्दैन ।
दुई तिहाईको सरकार आएको ७ महिनामै जनताहरु आत्तिन थालिसकेका छन् । जनताले काँग्रेसलाई धेरै पटक भोट दिए, यसपाली कम्युनिष्टलाई दिउ न त भनेर दिएका हुन्, तर नेकपाको सरकारको ९ महिना नबित्दै जनताहरु आत्तिने, डराउनुपर्ने अवस्था सिर्जना भएको छ । कम्युनिष्टहरु ५ वर्षसम्म सरकारमा रहन्छन् ।
तर जनता ५ महिनादेखिनै आत्तिदै आइसके । जनताले पनि बुझिसके, जनताको पार्टी भनेको नै नेपाली कांग्रेस पार्टी हो भनेर । नेपाली काँग्रेसले आन्दोलन जनताको हितको लागि ग¥यो । आफु दुःखमा भएपनि जनताको भलाई गर्ने काम नेपाली काँग्रेसले गरेको छ । काँग्रेसले केही गरेन, काँग्रेसले झगडा मात्र गर्छ भन्छन् त्यसो होईन । काँग्रेस लोकतान्त्रिक पार्टी हो । संविधान सभाबाट संविधान जारी गरिसकेपछि त्यो संविधानलाई संस्थागत गर्नको लागि पनि तिन तहको निर्वाचन काँग्रेस कै नेतृत्वमा भएको हो ।
तर परिणाम किन यस्तो आयो ? जनताको लागि काम गरेको पार्टीले जस पाउन पर्ने हो नी ? पहिला संविधान सभामा एक सय एक क्रान्तिकारी, एक से एक विद्धान् भनेर कहलिएका कम्युनिष्ट चार जना प्रधानमन्त्रीले संविधान जारी गर्न सकेनन् । दोस्रो संविधानसभाबाट काँग्रेसकै नेतृत्वमा संविधान जारी भयो ।
काँग्रेसले यत्रो काम गर्दा पनि काँग्रेसको विपक्षमा किन भयो भनेर पार्टीभित्र व्यापक छलफल चलाउने की नचलाउने ? पार्टीको कमीकमजोरी के हो ? भनेर हामीले केलाउने की नकेलाउने ? सबै ठिकै रुपमा चलिरहेको छ भने हामीले केही नगरेपनि भयो त ? कमीकमजोरी पार्टीभित्र पक्कै छ । अब काँग्रेसमा व्यक्तिकोपछि भन्दा पनि विचारकोपछि लाग्नुप¥यो ।
हाम्रा संस्थापक नेताहरुले तेत्रो दुःख कष्ट सहेर काँग्रेस पार्टीलाई समाजमा स्थापित पार्टीको रुपमा विश्वासिलो र भरपर्दो पार्टीको रुपमा स्थापित गरेको, आर्जन गरेको छवि छ, त्यसलाई प्रयोग गरेर पार्टीलाई तल पार्ने र आफु माथि जाने क्रमलाई हटाउन जरुरी छ ।
पार्टीभन्दा माथि कोहि छैन । पार्टीलाई एकताबद्ध भएर हिँडाउन सक्नुपर्छ । आम कार्यकर्ताको भावनालाई आत्मसाथ गरेर अहिलेको राजनैतिक अवस्थाको बारेमा काँग्रेसले जनताको घरदैलोसम्म बुझाउन सक्नुपर्छ ।
Ein Erfahrungsbericht zu Binnarybet: Getestet mit minimalem Budget. Wie schneidet die Auswahl, die Limits und der Coin-Shop im Alltag ab?
Sommige spelers willen zich urenlang settelen. Anderen willen tien minuten scherpe, gerichte actie — een paar spins, een paar blackjack-handen,...
Sommige spelers behandelen Chicken Road als een sprint. Anderen behandelen het als een schaakwedstrijd die je één vakje tegelijk speelt....