
काठमाडाैं । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा विषयमा छलफल हुने भएको हो ।
काँग्रेसको विधानमा व्यवस्था भएबमोजिम उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने हुन्छ । विधानमा केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था रहेको छ ।
विधान बमोजिम उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई हुन्छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्दछ ।
त्यसैगरी देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले गर्ने व्यवस्था विधानमा रहेको छ ।
नेपाली काँग्रेसको विधानले उम्मेदवार चयन गर्न चार तहमा संसदीय समितिको व्यवस्था गरेको छ ।
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...