
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस यतिबेला जनताको घरदैलोमा जाने निहुँ बनाउँदै जनजागरण अभियान नामक कार्यक्रम गर्दै हिँडिरहेको छ । जिल्लागत तह हुँदै ग्रास रुटका कार्यकर्ता समेतको भावना बुझ्ने भन्दै केन्द्रीय नेताहरु जिल्ला दौडाहमा लागि परेका छन् ।
जिल्लागत स्तरमा भएको यस्तो कार्यक्रममा जिल्ला स्तरका नेतादेखि ग्रासरुटका कार्यकर्तासम्मले नेताहरुलाई आन्तरिक द्धन्द्ध समाधान गरेर सच्चिन आग्रह गरिरहेका छन् । आन्तरिक द्धन्द्धका कारण पार्टीको पराजय भएको भन्दै अधिकांश कार्यकर्ताले नेतृत्वमाथि दबाब दिइरहेका छन् ।
जनजागरण अभियानमा पुरानादेखि नयाँ कार्यकर्ताको समेत उपस्थिति बाक्लै देखिन्छ । नेपाली काँग्रेसको जागरण अभियान र सरकारको गतिविधिबारे नयाँ विकल्प साप्ताहिकका लागि नेपाली काँग्रेसका नेता दिपक खड्कासँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अशः
नेपाली काँग्रेसले सुरु गरेको जागरण अभियानका मुख्य उद्देश्यहरु के–के हुन् र किन जनजागरणको आवश्यकता भयो ?
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेर ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियान सुरु गरेको हो । यस जागरण अभियानका दुइवटा उद्देश्यहरु छन्, जसअनुसार पहिलो उद्देश्य त नेपाली काँग्रेसले आफ्नो संगठन तल्लो तहदेखिनै सुदृढ बनाउँदै, मजबुत बनाउने रहेको छ भने अर्को अहिलेको वर्तमान सरकारले जसरी ज्याजति गर्दै, भ्रष्टाचारी र स्वयच्छाचारीको ताण्डवपन नृत्य प्रदर्शन गरिरहेको छ त्यसको भण्डाफोर गर्नु दोस्रो उद्देश्य हो ।
जनतालाई बहमतको सरकारले जसरी गलत काम गरिरहेको छ, सो गलत काम नेपाली जनताको घर–घरमा लैजाने उद्देश्य रहेको छ । वर्तमान अवस्थामा संविधान कार्यान्वयन गर्दै, वर्तमान व्यवस्थालाई कसरी संस्थागत गर्न सकिन्छ भनेर जानुपर्नेमा सरकार उल्टो बाटो हिँडिरहेको हुँदा सरकारले संविधान मिचेर संविधानलाई आफ्नो पञ्जामा राख्ने र नेपाली जनताहरुलाई एउटा तानाशाहले गर्ने व्यवहार प्रदर्शन गर्न थालेको छ ।
लोकतन्त्रलाई हत्या गर्ने बाटोतर्फ यो सरकार उन्मुख भएको छ । त्यसो भएका कारणले यसको भण्डाफोर गरेर जनतामाझ पु¥याउनु प्रतिपक्षी काँग्रेसको उद्देश्य रहेको छ । प्रतिपक्षको आवाज सुन्न छोडेको अवस्थामा हामी नेपाली जनताको घरदैलोमा यसकारण पनि गइरहेका छौं ।
प्रतिपक्षको आवाज सुन्न छोड्नु भनेको जनतामाथि अत्यायचार सुरु गर्नु हो र यसको विरुद्धमा नेपाली काँग्रेस पार्टीले आफ्नो राष्ट्रिय जागरण अभियानलाई सशक्त रुपमा अगाडि बढाइराखेको छ ।
जनतालाई बहमतको सरकारले जसरी गलत काम गरिरहेको छ, सो गलत काम नेपाली जनताको घर–घरमा लैजाने उद्देश्य रहेको छ । वर्तमान अवस्थामा संविधान कार्यान्वयन गर्दै, वर्तमान व्यवस्थालाई कसरी संस्थागत गर्न सकिन्छ भनेर जानुपर्नेमा सरकार उल्टो बाटो हिँडिरहेको हुँदा सरकारले संविधान मिचेर संविधानलाई आफ्नो पञ्जामा राख्ने र नेपाली जनताहरुलाई एउटा तानाशाहले गर्ने व्यवहार प्रदर्शन गर्न थालेको छ ।
लोकतन्त्रलाई हत्या गर्ने बाटोतर्फ यो सरकार उन्मुख भएको छ । त्यसो भएका कारणले यसको भण्डाफोर गरेर जनतामाझ पु¥याउनु प्रतिपक्षी काँग्रेसको उद्देश्य रहेको छ । प्रतिपक्षको आवाज सुन्न छोडेको अवस्थामा हामी नेपाली जनताको घरदैलोमा यसकारण पनि गइरहेका छौं । प्रतिपक्षको आवाज सुन्न छोड्नु भनेको जनतामाथि अत्यायचार सुरु गर्नु हो र यसको विरुद्धमा नेपाली काँग्रेस पार्टीले आफ्नो राष्ट्रिय जागरण अभियानलाई सशक्त रुपमा अगाडि बढाइराखेको छ ।
नेपाली काँग्रेसभित्र गुट–उपगुट र पार्टीभित्रको द्धन्द्ध समाधान नगरी जनजागरण अभियान लिएर जनताको घर दैलोमा जाँदा समस्या समाधान होला र ?
पार्टीको आन्तरीक समस्या भनेको सामान्य कुराहरु हुन् । यो समय आएपछि आफै समाधान हुने कुरा हो । यो कुनै ठुलो कुरा होइन । त्योभन्दा ठुलो कुरा नेपाली काँग्रेस पार्टीका लागि नेपाली जनता हुन्, मुलुक हाम्रो लागि ठुलो हो । त्यस कारणले नेपाली काँग्रेसले आफ्ना ससमस्याहरु गौण मान्छ ।
मुलुक अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको छ भनेर भनिरहँदा नेपाली काँग्रेसका शिर्ष नेताहरुको नाम पनि मुछिएर आउन थालेको छ, यसलाई कसरी लिनुहुन्छ ?
यत्रो दुईतिहाइ बहुमत भएको सरकारले हाम्रा नेताहरुको पनि भ्रष्टाचारमा नाम आउँछ भनिरहँदा खोइ त कारवाही गर्न सकेको ? आफ्नो भ्रष्टाचार लुकाएर अरुलाई दोष लगाएर उम्कन खोज्नेहरुसँग के भन्ने ? हाम्रा आदरणीय नेताहरुले संसददेखी सडकसम्म भनिसक्नु भएको छ कि सबैखाले भ्रष्टाचारलाई निर्मुल गर्नुुपर्छ र भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्छ भनेर ।
यत्रो बुलन्द आवाज निकाली रहँदाखेरी तपाईहरुले नि भ्रष्टाचार गर्नुभएको छ, तपाईहरुलाई पनि कारवाही गर्छौ भन्ने हिम्मत खोइ त ? यो सरकारले प्रतिपक्षलाई त्यसै आरोप लगाएर मात्र हुन्छ ? आफ्नो गल्ती लुकाउन प्रतिपक्षीमाथि सरकारले आरोप लगाइरहेको छ ।
पार्टीका शिर्ष नेता सभापति शेरबहादुर देउवाको पनि बालुवाटार जग्गा प्रकरणमा नाम आएको छ भन्ने सुनिन्छ नि के यो कुरा साँचो हो त ?
नाम आएको छ भन्छन् भने प्रमाणित गरेर देखाउन प्रमाणित गर भनेर भनिरहेका छौनि हामीले । खोइ त देखाउन सकेको ? यी सबै गलत कुरा हुन् । यदि कसैको नाम छ भने उसलाई कारवाही हुनुपर्छ भन्ने नेपाली काँग्रेस पार्टीको माग हो । आफ्नो गल्ती कमीकमजोरी र भ्रष्टाचारलाई ढाकछोप गर्न विषयवस्तुलाई अन्त मोडेर अरुतिर आरोप लगाएर उम्काउन पाइदैन र यति बलियो सरकारले यस्तो भएको भए कारवाही किन नगरेको ?
सत्तापक्ष र प्रतिपक्षकै मिलोमतोमा भ्रष्टाचार हुन्छ भन्ने कुरा पनि सुनिन्छ नि यहाँलाई के लाग्छ ?
यो एकदमै गलत कुरा हो । अहिलेको सरकारले यति ठुलो भ्रष्टाचार यति धेरै गन्ध आउनेगरी भ्रष्टाचार गरेको छ र यस्तो सायदै हिजोका मितिसम्म कहिल्यै भएको थिएन ।
त्यसोभए भ्रष्टाचारी जोसुकै होस् भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भन्ने पक्षमा तपाईहरु हुनुहुन्छ हैन त ?
हाम्र्रो पार्टीको नेताहरुदेखि सबै पूर्व प्रधानमन्त्री पार्टी सभापतिले संसदमा पनि बोल्नुभएको छ र बाहीर कार्यक्रममा पनि बोल्नु भएको छ की भ्रष्टाचार जोसुकैले गरेपनि कडा भन्दा कडा कारवाही हुनुपर्छ भनेर भनिरहनुभएको छ । यति भन्दापनि यदि हाम्रो पार्टीका नेताहरु पनि भ्रष्टाचारमा संलग्न भएका छन् भने यो सरकारले कारवाही किन नगरेको त ? तपाईहरु पनि भ्रष्टाचारमा संलग्न हुनुहुन्छ भनेर प्रमाणित किन नगरेको त ? हावादारीमा आरोप लगाउने ? नेपाली काँग्रेस पार्टी कहिल्यै पनि भ्रष्टाचार गर्नुपर्छ भन्ने पक्षमा छैन, सुशासन दिनुहुँदैन भन्ने पक्षमा छैन ।
काँग्रेसको मुुख्य लक्ष्य भनेकै स्वतन्त्रताको रक्षा गर्ने, जनताको जनधनको सुरक्षा गर्ने, भ्रष्टाचारलाई निर्मुल गर्ने भन्ने पक्षमा नेपाली काँग्रेस पार्टी जहिले पनि उभिएको छ । प्रधानमन्त्रीका आसपासमा रहने ठुला नेताहरु सबैनै यसरी भ्रष्टाचारमा लाग्नु भएको छ सरकारी जग्गा हड्प्नेदेखि लिएर, ३३ किलो सुन तस्कर प्रकरणसम्म उहाँहरुकै संलग्नता छ । घुमिफिर आएर उहाँहरुमै ठोकिन्छ ।
त्यसो भएको कारणले यस्तो भ्रष्टाचारी सरकार, यस्तो गह््नाइसकेको सरकार कति दिन राख्ने र कतिदिन नेपाली जनताले सहेर बस्ने भन्ने विषयहरु जनताका माझ बुलन्द भइसकेको छ ।
तपाईहरुको नीतिहरु पनि पुरानै छ, किन नयाँ ढाँचा र सोंचका साथ अगाडि जान सकिरहनु भएको छैन त ?
हैन, हैन, अहिले नेपाली काँग्रेस पार्टीले मुलुकको परिवर्तनसँगै आफ्नो विधानलाई चुस्त दुरुस्त पारीसकेको छ । यसै अनुसार नेपाली काँग्रेसले आफ्ना संरचनाहरु परिवर्तन गर्न थालिसकेको छ ।
तपाईको नेपाली काँग्रेस पार्टी नेतामुखी भयो जनतामुखी भएन भनेर भनिरहँदा त्यसैलाई ढाकछोप गर्न जनजागरण अभियान सुरु गर्नुभएको त होइन ?
नेपाली काँग्रेस पार्टी जनतामुखी नै हो । यति लामो सङ्घर्ष गरेर स्थापित भएको पार्टी जनतामुखी नभएर अरुमुखी हुनै सक्दैन । नीति निर्माण गरेर नेताहरुबाटै छलफल भएर टुङ्गोमा पुग्ने भएका कारणले कतिपय कुराहरु नेताहरुद्वारा सञ्चालित हुन्छ । कतिपय कुराहरु चाँही जनताको कुराहरु सुनेर सञ्चालित गर्ने, निर्माण गर्ने कुरा हुन्छ । त्यसैले एकातिरको मात्रै कुरा गरेर हुँदैन ।
नेपालमा ठुला योजनादेखि साना योजनासम्म माफियाहरुको चलखेल हुने गरेको छ भनिन्छ, अहिले पनि बुढीगण्डकीको बारेमा व्यापक चर्चा आएको छ, यहाँ के भन्नुहुन्छ ? माफियाहरुको मात्र होइन, सरकारको पनि संलग्नता देखिन्छ । किनभने यति ठुलो योजना सस्तो र सजिलै गरी बन्ने प्रोजेक्ट आफ्नो स्वयच्छाचारी ढङ्गले अहिले बुढीगण्डकी लगायत २५ अर्बभन्दा माथिका प्रोजेक्टहरु सिँधै विना टेण्डरनै, सोधखोजनै नगरी दिनु भनेको अर्को नीतिगत भ्रष्टाचार सुरु गर्नु हो । यसको एउटा रुप हो बुढी गण्डकी ।
वर्तमान अवस्थामा पनि राजनीतिक शक्तिका आडमा मन्त्री र सचिव हेरफेर गर्ने हैसियत राख्ने दिपक भट्ट र सुशील भट्ट दाजुभाइलाई तपाई के भन्नुहुन्छ ?
यति बलियो दुईतिहाइ बहुमत भएको सरकारमा कुन व्यक्तिले कसरी प्रभाव पार्छ भन्ने कुरामा म जान चाहन्न । कसैले प्रभाव पारोस् नपारोस् यो सरकारको जिम्मेवारीभित्र पर्ने कुरा हुँदा नेपाली जनताप्रति उपेक्षा गरेहको हो भन्ने लाग्छ ।
उसोभए जलविद्युत् सम्बन्धी अरुण तेस्रो आयोजनाको बारेमा बताइदिनुस् न ?
अरुण तेस्रो आयोजना विगतको भन्दा एकदम द्रुत गतिमा अगाडि काम बढेको छ । हाम्रो पूर्व प्रधानमन्त्री, पूर्वमहामन्त्री सिंह लगायत राजन केसी, सरिता प्रसाइदेखि लिएर केन्द्रीय समिति र अरु ७÷८ वटा जिल्लाका पार्टी सभापति लगायत त्यहाँ निरीक्षण गर्न पुगेका थियौं । उहाँहरुले पनि अवलोकन गरेर आइसक्नु भएको छ ।
उहाँहरुले पनि सन्तुष्टि व्यक्त गर्नुभएको छ । जसरी अहिले तीव्र रुपले काम अगाडि बढेको छ । यो एउटा प्रोजेक्ट बन्दै गर्दाखेरी देशमा लगानीको वातावरण सुरु भयो कि भन्ने आभास मिलेको छ । यस्ता प्रोजेक्ट बनाउन सक्यो भने आर्थिक हिसाबले मजबुुुत हुन्छ तर बिडम्बना भन्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना यत्रो काठमाडौंमा जनतालाई पानी खुवाउने मेलम्ची आज अलपत्र परेको छ ।
तपाई पनि मन्त्री बन्नुभएको थियो नि तपाईले पनि काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउन त सक्नुभएन नी हैन र ?
म मन्त्री बन्दाखेरी अत्यन्तै छोटो समय र निर्वाचनको मुखमा थियो । म मन्त्री बन्दै गर्दा प्रोजेक्ट बन्न नसकेर अलपत्र परेर बसेको थियो । म लगायत मन्त्रालयको पुरा टिमले ३ सिफ्ट काम गराएर हामी रातभरी अनुगमन गर्दै सबै ठप्प भएको कामलाई सुचारु गरेर ब्रेक थ्रु गराउने सम्मको काम गरेका थियौं ।
थोरै काम मात्र बाँकी थियो, त्यसपछि काम हुन नसकेको कुरा सबैलाई थाहानै छ । सञ्चारमाध्यमका साथीहरुले धेरै चोटी लेख्नुभएको पनि थियो । हामी रातको १२ देखि १ बजे नभनिकन फिल्डमानै हुन्थ्यौं । त्यतिबेलाको जस्तो गति अहिले हुन सकेको भए अर्को चार÷पाँच महिनामा काम सम्पन्न हुन्थ्यो ।
तपाई पूर्वमन्त्रीको हैसियतले वर्तमान अवस्थामा मेलम्चीको पानी काठमाडौैं बासीले खान पाउँछन् कि पाउदैनन् ?
मेलम्चीको पानी खान त ढिलोचाडो पाउनुहोला तर मेलम्चीको पानी खाँदै गर्दाखेरी कति अर्ब पु¥याउने ? भ्रष्टाचारले मुलुकलाई चुर्लुम्म डुबाएर नेपाली जनताका टाउकोमा ऋण कति थुपार्ने भन्ने कुरा ठुलो हो ? पानी ख्वाउनुपर्ने बाध्यताले यो सरकारले फेरी जनतालाई ऋणमाथि ऋण थुपार्दै छ । त्यसैले अर्को भ्रष्टाचारको नमुना मेलम्ची खानेपानी पनि हो ।
तर वर्तमान प्रधानमन्त्रीले देशको आर्थिक क्रान्ति र समृद्धिको विकासको युग सुरु भयो भनेर भनिरहनुभएको छ नि, के साँचैनै नयाँ युग सुरु भएकै हो त ?
गफ गरेर मात्रै आर्थिक क्रान्ति, विकास समृद्धि हुँदैन ? मुलुकको जिम्मेवार व्यक्ति सम्माननिय प्रधानमन्त्री कसको प्रधानमन्त्री ? प्रधानमन्त्रीको हैसियतमा के बोल्न हुने के बोल्न नहुने भन्ने कुुराको विचार गरेर बोल्न नसक्ने प्रधानमन्त्रीबाट कति आशा राख्ने ?
यो बाहेक उहाँ कति रमाउनुहुन्छ ? व्यक्तिगत हिसाबमा कति सपना देख्नुहुन्छ र कति झुठा आश्वासन बाड्नुहुन्छ जनतालाई भन्ने कुरा बाहेक अरु केही पनि गर्न सक्नुहुन्न । उहाँ अहिले पनि कम्बोडिया लगायतका मुलुकहरुमा भ्रमणमा जानुभएको छ ।
जुन देशसँग न सम्बन्ध छ, न साइनो छ, न सहयोग छ, न आशा छ, न भरोसा छ, त्यस्ता मुलुकमा यत्रो ठुलो तामझाम गरेर, खर्च गरेर जानुपर्ने आवश्यकता के नै थियो ?
देशको प्रधानमन्त्री जुनसुकै देश जान सक्छन् होइन र, त्यसैले अहिले प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण गर्न गरिरहँदा त्यहाँका पर्यटक नेपाल आउने सम्भावना हुँदैन र ?
कम्बोडियाका पर्यटक नेपाल आउने, नेपालका पर्यटक कम्बोडिया जाने कुराहरुलाई छोड्दिनुस् । पर्यटनकै विकास गर्ने हो भने चीन र भारतकै मात्र पर्यटक ल्याउन सकेपनि ठुलो कुरा हुन्थ्यो । अरु देशका त कुरै छोडिदिऊ । त्यसमाथि पनि कम्बोडियबा, भियतनाम जस्ता मुलुकका पर्यटकहरुबाट नेपालको आर्थिक वृद्धि हुन्छ, समृद्ध हुन्छ र ती पर्यटकहरुबाट सहयोग पुग्छ र नेपाल चाँही समृद्ध हुन्छ भन्ने कल्पना लिएर जानुभएको हो भने त्यो दिवा सपना मात्रै हो ।
अन्त्यमा नयाँ विकल्प साप्ताहिक मार्फत केही भन्नु छ कि ?
निकै लामो समयदेखि प्रकशित हुँदै आएको यस नयाँ विकल्प साप्ताहिकमार्फत् मेरा कुराहरु राख्ने मौका दिनुभएको साप्ताहिक परिवार लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।
L’essor du Quick Gaming chez Betify Dans la culture actuelle où tout va vite, les joueurs recherchent une gratification instantanée....
Betify a créé une niche pour les joueurs qui aiment tourner, parier et gagner en déplacement. Cette plateforme mobile‑first vous...
1. Why Speed Matters in Modern Gaming When you’re on the move—between meetings, catching a ride, or simply scrolling while...