
नेपालको संविधान निर्माण भएको चार वर्ष बितिसक्दा पनि कार्यान्वयन पक्ष निकै कमजोर देखिएको हुँदा वर्तमान संविधानमा कमीकमजोरी त छैन ?
संविधान बनेको चार वर्ष पुगेको छ । सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा चौथो संविधान दिवसको उपलक्ष्यमा तपाईको लोकप्रिय पत्रिकामार्फत् शुभकामना व्यक्त गर्न चाहन्छु ।
वास्तवमा नेपाली जनताले धेरै राजनीतिक संघर्ष र बलिदानीपूर्ण आन्दोलनबाट आठ वर्षको अत्यन्त ज्यादा मेहेनत पश्चात् संविधानसभाको दुईवटा कार्यकाल पछि नेपालको संविधान २०७२ निर्माण भएको हो । २०७२ को संविधान अहिलेको परिस्थितिमा राम्रो छ ।
मलाई लाग्छ यो उत्कृष्टमध्येकै संविधान हो । संविधान र कानुन भनेको समाजलाई रुपान्तरण गर्ने एउटा विधान हो । त्यसैले अबको १०÷१५ वर्षपछि तपाईले समाजमा परिवर्तन पाउन सक्नुहुन्छ । शिक्षाको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, विकासको क्षेत्रमा, चेतनाको क्षेत्रमा, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा कुनै न कुनै परिवर्तन भइराखेका हुन्छन् । त्यसरी नै समाजको परिवर्तनसीलतासँग संविधान र कानुन पनि त्यही ढङ्गले अगाडि बढ्ने हो ।
त्यसो भएको हुनाले अहिलेको समयमा संविधान आजको १० वर्ष पछि पनि यस्तै रहन्छ भन्ने होइन । तर जुन बेला अहिलेको समयमा संविधान बनेको छ, यो संविधान उत्कृष्ट नै हो । तपाईले भनेजस्तो संविधानमा कमी कमजोरी होइन की संविधान लागु गर्ने तरिका अथवा हामीमा चाँही कमी कमजोरी छ । हामीले संविधान ठिक तवरले लागु गर्न सकेका छैनौं । अहिलेका निरासा, अहिलेको चिन्ता त्यहाँबाट सुरु भएको हो ।
नेपालको संविधान दिवस मनाइरहँदा पछिल्लो समय संघीयतामाथि, गणतन्त्रमाथीनै आक्रमण हुन थाल्यो भन्ने छ नि तपाई के लाग्छ ?
अहिले वास्तवमा भएको के छ भने हामीले ज्यादा मेहेनत गरेर लामो समयको राजनीतिक संघर्ष र आन्दोलनपछि लोकतान्त्रिक मूल्य–मान्यताको संविधान बन्यो । तर त्यसको ठिक ढङ्गले कार्यान्वयन हुन सकिरहेको छैन । संविधान राम्रो बन्यो तर संविधानलाई कार्यान्वयन गर्ने र जसको हातमा जिम्मेवारी छ, उहाँहरुले संविधानप्रति प्रतिबद्ध हुन सक्नु भएन ।
उहाँहरुले संविधानको भावना बोक्न सक्नुभएन । नेपाली जनताको भावना बोल्न सक्नु भएन । खासगरी म अहिलेको सरकारलाई भन्न चाहन्छु कि उहाँहरुले संविधानलाई ठिक ढङ्गले बुझेर ठिक ढङ्गले कार्यान्वयन गर्नेतर्फ लाग्नु भएन । त्यसकारणले के भयो त भन्दा जनतामा अत्यन्त निरासा, अत्यन्त चिन्ता उत्पन्न भएको मैले देखेको छु ।
जे–जे निरासा र चिन्ता उत्पन्न भएको छ, यसले कतै संविधानकै प्रति वितृष्णा फैलाउँछ कि भन्ने मनोभावना वृद्धि भइरहेको छ । त्यसैले संविधानकै प्रति नकारात्मक चेतनाको विकास गर्छ की भन्ने खतरा उत्पन्न भएको मैले देखेको छु ।
अहिले संविधान संशोधन मुद्दा पनि अगाडि आइरहेको छ, तपाइको विचारमा के संविधान संशोधन गर्नुपर्ने नै हो त ?
राजनीतिक स्वार्थले होइन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वम आजभन्दा चारवर्ष पहिले यो संविधान नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको हुँदा त्यसमा कुनै दुविधा र बहसनै छैन भनिरहेका छौं । त्यसैले सबै नेपाली जनताले र नेपालका राजनीतिक शक्तिहरुले त्यसलाई स्वीकार पनि गर्नुभएको छ, यो संविधान नेपाली काँग्रेस पार्टीको नेतृत्वमा बनेको हो भनेर । धेरैले सहयोग गर्नुभएको हो, त्यसमा पनि कुनै दुविधा भएन ।
नेपाली काँग्रेस पार्टीलेनै पछिल्लो समयमा यो संविधानको सर्वस्वीकार्यता स्थापित गर्नका निमित्त यो संविधानमा केही समसामयिक संशोधनहरु गरेर जाउ भन्ने पनि प्रस्ताव गरेको हो । नेपाली काँग्रेस र तत्कालीन माओवादीको संयुक्त प्रयत्नबाट त्यो कुरा अगाडि बढेको हो । तर तत्कालीन एमालेले संविधान संशोधनलाई स्वीकार्य नगरेका कारणले पनि संविधान संशोधन हुन सकेन र यथास्थितिमा रह्यो । संविधानको सर्वस्वीकार्यताको कुरालाई पनि अगाडि बढाउनु पथ्र्यो निश्चित रुपले, तर सँगसँगै आजको महत्वपूर्ण कुरा के हो त भन्दा जुन संविधान आफैमा राम्रो छ । हाम्रो संविधान कान्छो संविधान हो । हामीले पछिल्लो समयमा संविधान बनायौं ।
संसारका धेरै देशहरुमा संविधानहरु छ । ति सबै संविधानलाई पनि हेरेर संविधान बनाउने मौका पाएको हुनाले हामीले यो संविधानमा नेपाली जनताका निमित्त अत्यन्त महत्वपूर्ण व्यवस्थाहरु गरिएको छ । तर त्यसको कार्यान्वयन महत्वपूर्ण कुरा हो । कार्यान्वयन अत्यन्त कमजोर भयो । नेपालको संविधानमा कुनै त्रुटी छैन । तपाईले संविधानको धाराहरु हेर्नुभयो भने यो संविधान समावेशीताको अर्थमा संसारकै उत्कृष्ट संविधान हो । त्यसले महिला, जनजाती, आदीवासी, दलित, मधेशी, थारु, मुस्लिम, पिछडिएका क्षेत्र, अपाङ्गता भएका व्यक्ति लगायत सबैलाई राज्यका सबै ठाउँमा प्रतिनिधित्व हुने व्यवस्था यो संविधानले गरेको छ ।
यो देशका सबै समुदाय, वर्ग, लिङ्ग र वर्णका मानिसहरुलाई राज्यका सबै ठाउँमा समावेशीताको आधारमा प्रतिनिधित्व गराउने ग्यारेण्टी गर्ने यो संविधान संसारका बिरलै संविधानमध्येको एक संविधान हो । संविधानमा हाम्रा भावनाहरु समाहित हुन सकेका छैनन् । हाम्रा केही कुराहरु अझै त्यसमा थप्नुपर्छ भनेर मधेश आधारित दलहरुले उठाइसकेका छन् । मधेशमा बसोबास गर्ने नेपाली जनताहरुले संविधानमा केही हाम्रा कुराहरु भएका छैनन् केही थप्नुपर्छ भनेर भनिरहनु भएको छ । त्यसको मतलब उहाँहरुले संविधान नै समाप्त गर्ने ढङ्गले त हिँडिरहनु भएको होइन नी । उहाँहरु चुनाव लडेर आउनु भएको छ । संघीय संसदमा हुनुहुन्छ ।
प्रदेश सरकारमा त उहाँहरुले सरकार नै बनाउनु भएको छ । यो संविधानका व्यवस्थाहरुलाई बोकेर संविधानलाई बोकेर त हिँडिरहनु भएको छ । तर यसलाई केही समसामयिक परिवर्तनको आवश्यकता छ भनेर उहाँहरुले भनिरहनु भएको छ । त्यस समय जुन जायज परिवर्तनहरु, जुन अजायज संशोधनहरु पनि छन्, ती संशोधनहरु दरिलो पारिनुपर्दछ । त्यो संशोधनले यो संविधानको आधारभुत प्रारुपलाई परिवर्तन गर्दैन । हामीले शासकीय स्वरुप कस्तो हुन्छ ? राज्य कस्तो हुन्छ ? हाम्रो राज्यको राजनीतिक प्रणाली के हुन्छ त भन्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संसदीय प्रणाली हाम्रो शासकीय स्वरुप हो ।
संघीयता, गणतन्त्र र लोकतन्त्रका अधारभुत मूल्य र मान्यताहरु भए, समावेशी चरित्रको राज्य निर्माण गर्ने कुराहरु भए यी केही कुराहरु संविधानका स्तम्भहरु हुन् । आधारभुत वस्तुहरु हुन् । अहिले जुन संशोधनका कुराहरु उठेका छन् असन्तुष्टि छ भनेर यदि संविधानकै आधारभुत विषयहरु परिवर्तन गर्दैन । केही कुराहरुमा संशोधन मात्र भएको छ । संविधान भनेको निरन्तर संशोधनको प्रक्रियाबाट अगाडि बढ्ने प्रक्रिया हो । म के आग्रह गर्न चाहन्छु त भन्दा अहिलेको समस्या संविधान किन उठिरहेका छन् भन्दा केन्द्रमा बसेको सरकार, संघमा बसेको संघीय सरकारले प्रदेश सरकारलाई काम गर्ने वातावरण दिइरहेको छैन ।
संविधानमा संघीयता लेखेको छ, तर उसले संविधान, संघीयता बुझ्न तयार छैन । उसले संघीयता अनुरुप व्यवहार गरिरहेको छैन । बनाउनुपर्ने कानुन बनाइराखेको छैन । प्रदेश सरकारलाई दिनुपर्ने अधिकारहरु केन्द्रले कानुन बनाएर दिइराखेको छैन । प्रदेशसभा र प्रदेश सरकार निष्कृय भइराखेका छन् । त्यसले जनतालाई निर्णय दिन सकिरहेका छैनन् । काम गर्न सकिरहेका छैनन् । त्यसकारण यो संघीयता काम लाग्दैन भनेर आवाज उठिरहेको छ ।
तपाई स्थानीय तहमा जानुस् । स्थानीय तहमा व्यापक भ्रष्टाचार छ । स्थानीय तह आर्थिक रुपले अनुशासन हिन भएको छ । अनियमितताहरु बढेर गएका छन् । त्यसलाई नियन्त्रण गर्ने, त्यसलाई ठिक ढङ्गले अगाडि बढाउने बारेमा अहिलेको राजनीतिक दलको शोख छैन । सरकार निष्कृय झै गरेर बसेको छ ।
यो सरकारले संविधान विपरित शक्तिको केन्द्रिकरण गर्न लागेको छ । संविधानले सुशासनको कुरा गर्छ । संविधानले भ्रष्टाचारलाई निर्मुल पार्ने कुरा गर्छ । तर यहाँ सुशासन भएको छैन । भ्रष्टाचार संस्थागत रुपमा बढेको छ । संविधानले विकास निर्माणको कुरा गर्छ । संविधानले आर्थिक उन्नतिको कुरा गर्छ ।
वर्तमान प्रधानमन्त्रीले तीन वर्षमा भ्रष्टाचार अन्त्य हुने भनेर भनिरहँदा तपाई भ्रष्टाचार बढ्यो भन्नुहुन्छ कसरी ?
भ्रष्टाचार अन्त्य हुने नहुने कुरा त प्रधानमन्त्रीले जे–जे भन्नुहुन्छ, त्यो उहाँले गरिदिनुभएको भए यस्तो हुने थिएन । प्रधानमन्त्रीले आजभन्दा केही समय अगाडि सर्वदलीय बैठक बोलाएर यो व्यवस्था नै खतरामा पर्न थाल्यो । संविधान नै खतरामा पर्न थाल्यो भनेर प्रधानमन्त्री आफैंले भन्नु पर्दैनथ्यो । यो अत्यन्त गम्भीर विषय हो ।
प्रधानमन्त्री आफैं भन्दै हुनुहुन्छ व्यवस्था खतरामा प¥यो, संविधान खतरामा प¥यो भनेर भनिरहनु भएको छ । यो विषयमा जति गम्भीरताका साथ उठ्नुपर्ने हो, त्यसरी उठेको छैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु । कार्यकारी प्रमुखले व्यवस्था खतरामा छ । संविधान खतरामा छ भन्दै गर्दा कसले यसलाई खतरामा पा¥यो त, के संविधान आफैं खतरामा परेको हो ? के नेपाली जनताले यसलाई खतरामा पारेको हो ? संविधान बनाएर उहाँहरुलाई यो संविधान बमोजिम काम गर भनेर उहाँहरुलाई जिम्मा दिइसकेपछि यदि यो संविधान व्यवस्था खतरामा परेको छ भने यो उहाँहरुकै कारणले हो ।
यसको जवाफ कसले माग्ने प्रधानमन्त्रीसँग ? संविधान खतरामा छ भने कसबाट खतरामा प¥यो ? गाउँपालिकाको अध्यक्षबाट खतरामा प¥यो कि, नगरपालिकाका प्रमुखले खतरामा पारे कि, अथवा प्रदेश सरकारका प्रमुखले खतरामा पारे कि, त्यो खतरामा परेको जिम्मा केन्द्रीय सरकारको कार्यकारी प्रमुखले लिनु पर्दैन ? त्यसो भएको हुनाले प्रधानमन्त्रीले जे–जे भन्नुहुन्छ यदि त्यही भइराखेको भए यो संविधान नै खतरामा प¥यो भनेर उहाँले कराउनु पर्दैनथ्यो ।
व्यवस्था खतरामा प¥यो भनेर भन्नु पर्दैनथ्यो । कसका कारणले प¥यो ? संविधानले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्छ तर उहाँ कानुन बनाएर प्रेस स्वतन्त्रतालाईनै धावाँ बोल्ने र नियन्त्रण गर्ने काम गरिरहनु भएको छ । यहाँ विकास निर्माणका काम लथालिङ्ग छन् । संविधानले जनतालाई समृद्धि दिने कुरा गर्छ । उखान टुक्का दिइदै छ । उखान टुक्का र गफले मात्रै समृद्धि र विकास अनि भ्रष्टाचारको अन्त्य हुन सक्दैन ।
Mein ehrlicher Test von AtlanticAce Casino. Ist die riesige Spielauswahl echt oder nur Fassade? Alles zu Bonus, Limits und Sicherheit...
Понимание систем джекпотов в 1win казино Меня зовут Алексей Николаев, и сегодня я расскажу вам о 1win казино и его...
Artofzeus positioniert sich als Plattform für kontrolliertes Spiel. Analyse von Merkmalen, Limits und Angebot für deutsche Spieler.