
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सुरुवात नहुँदै विवाद चुलिदै गएको छ । शुक्रबार पहिलो चरणको पदाधिकारी बैठकनै बस्न सकेन ।
पदाधिकारी बैठकबाट केन्द्रिय कार्यसमितिमा छलफल हुने विषयहरुको सहमति जुटाउने प्रयास विफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा चारवर्ष पछि गठन गर्न खोज्नु भएको विभागहरु पनि अलमलमा पर्ने र विवादित बन्दै गएको छ ।
नेपाली काँग्रेसको भित्रको विवाद अन्त्य र पार्टीको क्रियाशिलताबारे नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अशंः
अहिलेको केन्द्रिय समितिको बैठकमा हामीले उठाउने सबैभन्दा ठूलो कुरा १४औं महाअधिवेशनको कार्यतालिका तत्काल जारी गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हाम्रो कुरा हो । धेरै समय बाँकी छैन । हामी १४औं महाअधिवेशनको तयारीका लागि त्यो कार्यतालिका जुन मैले पहिले देखिनै भन्दै आएको छु ।
अब क्रियाशिल सदस्यता कहिलेसम्म टुङ्गो लगाउने ? प्रारम्भिक समिति कहिलेसम्म गर्ने ? त्यसपछिका महाअधिवेशन प्रतिनिधि छान्नेदेखि लिएर जिल्ला, प्रदेशका चुनावदेखि लिएर, त्यसपछि केन्द्रको महाअधिवेशन कहिले सम्पन्न गर्न सकिन्छ । छिटो भन्दा छिटो अब आउँदो चुनावलाई ध्यानमा राखेर पार्टीको अधिवेशन टुङ्ग्याइ सक्नुपर्छ ।
एजेण्डा त सभापतिले के–के राख्नुहुन्छ, त्यो अझैसम्म बाहिर आएको छैन । अहिले भर्खरै सकिएको उपनिर्वाचनको समिक्षाको कुरा छ । त्यसपछि आगामी दिनमा कस्तो रणनीति बनाएर जाने भन्ने छ । दुई तिहाईको वामगठबन्धन सरकारले जुन रवैया अपनाएको छ, त्यसको लागि पार्टीले कस्तो रणनीति बनाएर अगाडि बढ्ने भन्ने कुराहरुमा व्यापक छलफल हुनुपर्छ ।
डेढ वर्ष अगाडिदेखि मैले यही कुरा भनिराखेको छु । यसलाई चाहिँ एउटा एउटा बहाना बनाएर यसलाई अलमलाउँदै आइरहेको छ । त्यसले गर्दाखेरी पार्टीभित्र एकदमै संकट बढ्दै गएको छ । पार्टीको अवस्थालाई मजबुत बनाउन गाह्रो हुँदैछ ।
यही कारणले हो, म भन्छु कि बसेर कार्यतालिका बनाऊ । कहिलेको मितिसम्म क्रियाशिल टुङ्ग्याउन सकिन्छ ? त्यसपछि प्रारम्भिक चुनाव कति दिनमा गर्ने हो ? महाअधिवेशन प्रतिनिधिको छनौट कति दिनभित्र गर्ने हो ? त्यसपछि जिल्ला र प्रदेशको चुनाव कहिले गर्ने भन्ने कुरा हेरेर, हिसाब गरेर सकेसम्म चाडो असारसम्म हुन्छ कि, जेठसम्म हुन्छ कि, बैशाखभन्दा उता कति दिन, कति महिना थप्नुपर्छ थपेर महाअधिवेशनमा गइहाल्नुपर्छ भन्ने कुरा मैले राख्दै आएको छु ।
महामन्त्री शशांक कोइरालाको त्यस्तो अभिव्यक्ति मैले सुने, त्यसो हो भने उहाँले त्यो कुरा गलत भन्नुभयो, उहाँको कुरा सरासर गलत छ । किनभने उहाँ धेरै पार्टीभित्रको रणनीतिक कुरा बुझ्नुहुन्न ? सोझो कुरा गर्नुहुन्छ । पार्टीको संकट के हो ? पार्टीलाई सामना गर्ने परिस्थिति के छ ? त्यसको विचार नै नगरिकन त्यसै चाहिँ शेरबहादुरले के चाहनुहुन्छ, त्यही कुरा भन्दिनु भएको मात्र हो ।
म सहमत छैन । एकवर्ष होइन, दुई महिना, तिन महिना जति बढाउँदा खेरी महाअधिवेशन सम्पन्न गर्न सकिन्छ त्यतिबेला नै गर्ने हो । पहिला क्रियाशीलको काम सकिने बित्तिकै वडाको चुनाव गरौं । त्यसपछि हामी लगातार काममा क्रियाशिल भइरहौं । त्यसैले मुख्य कुरा भनेको क्रियाशिल सदस्यताको टुङ्गो लगाएपछि धेरै कुराहरु फटाफट अगाडि बढिहाल्छ । पार्टीको क्रियाशिल सदस्यताको कर्महरु सबै ठाउँमा पु¥याउनु प¥यो । नविकरण सुरु गरिहाल्नुप¥यो । पार्टीको क्रियाशिल नविकरण गरेर चुनावमा हामी गइहाल्नुपर्छ भन्ने कुराहरु म गरिरहेको छु ।
त्यही त यो बस्दै गरेको केन्द्रिय समितिको बैठकमा यही कुराको छलफललाई घनिभुत बनाउनुपर्छ भन्ने लाग्छ । महाअधिवेशनलाई टार्ने र पर धकेल्ने भन्ने कुरा नेपाली काँग्रेसको लागि सबैभन्दा ठूलो घातक हुने कुरा भएको हुँदा महाअधिवेशन जति सक्दो चाडो गर्नुपर्छ भन्ने हो । पार्टीलाई उर्जाशिल बनाउन पनि महाअधिवेशन जति सक्दो चाडो गरेर पार्टीका तमाम साथीहरुलाई पार्टीमा क्रियाशिल बनाएमा मात्र आउँदो चुनावमा हाम्रा इज्जत बच्न सक्छ, यदि त्यसो गरिएन भने फेरी पनि हार खानुपर्ने स्थिति आउन सक्छ । त्यसो भएको हुनाले छिटोभन्दा छिटो महाअधिवेशन टुङ्ग्याउनुपर्छ, त्यसको लागि अरु कुरामा भुलेर काम नै छैन ।
अधिकार मात्रै प्रयोग जथाभावी गर्ने हो भने अर्कै कुरा हो । पार्टीको हितको लागि काम गर्ने हो भनेदेखि सभापतिले पनि अब गम्भीर भएर सोच्नुपर्छ । अहिले विभाग गठन गर्ने यता गर्ने उता गर्नेतिर जानेनै होइन । अब त कार्यतालिका बनाएर अगाडि बढ्ने हो । क्रियाशिल सदस्यताको टुङ्गो लगाएर प्रारम्भिक चुनाव गर्ने हो ।
महाअधिवेशन भन्दा एकवर्ष अगाडि प्रारम्भिक समितिको चुनाव सक्नुपर्छ भनेको छ । अब त्यसले त हामीलाई कहाँ पु¥याइसक्यो । एकदमै अप्ठ्यारो अवस्थामा पार्टी पुगिसकेको छ । यो कुरामा चाहिँ गम्भीर नहुने सभापति ?
जसले जे भनेपनि साठ्ठी र चालिस प्रतिशतको कुरा नै छैन । यो प्रतिशतको मात्रै कुरा होइन । यहाँ त पार्टीलाई कसरी न्यायोचित ढंगले चलाउने भन्ने हो ? देशभरिका साथीहरुलाई न्याय कसरी दिने हो भन्ने कुरा हो । त्यसो भएको हुनाले अरु लटपट कुराहरुतिर नलागिकन अब चाहिँ हामी महाअधिवेशनकोे तयारीतर्फ तुरुन्त लाग्नुपर्छ ।
अब पार्टीलाई सिङ्गो रुपमा नै कार्यसम्पादन, विभाग, वोर्ड सबै नयाँ महाअधिवेशनले गर्छ । म त भन्छु ‘लेट अ फ्रेस स्टार्ट’ नयाँ सुरुवात गरौं । ढिलोढिलो, टालटुल तरिकाले नेपाली काँग्रेस पार्टी चल्दैन । कम्युनिष्ट पार्टीसँग सामना गरेर अगाडि जान सक्दैन, त्यसो भएको हुनाले हामी एकदम चुस्त दुरुस्त ढंगले तुरुन्तै आफ्नो संगठनमा जानुपर्छ त्यसैको लागि अधिवेशन नै सबैभन्दा ठूलो हतियार हो ।
मैले होइन । साठ्ठी र चालिस प्रतिशतको कुरा सुशील कोइराला र शेरबहादुर देउवालेनै बनाएका हुन् । साठ्ठी र चालिस प्रतिशतको एजेण्डा मेरो होइन । शेरबहादुरजी जति बेलापनि अलमल्याउने कुरा गर्नुहुन्छ । यस्तो कुराले महाअधिवेशन पछाडि धकेल्न मद्दत पुग्छ, त्यसैले उहाँ यो कुरा गरिरहनु भएको छ ।
सभापतिले पार्टीको हितमा काम गर्नुप¥यो । अधिकार मात्रै प्रयोग गर्ने हो । पार्टीको हित के छ ? पार्टीको चुनौति के छ ? पार्टीले अहिले सामना गर्नु परेको संकट के छ ? निर्वाचन, उपनिर्वाचनको अनुभव कस्तो छ ? यो सबै कुरा हेर्नुप¥यो नि । अधिकार मात्रै भनेर कहाँ हुन्छ ?
अधिकार मात्रै खाज्ने हो भने उहाँले नेपाली काँग्रेस पार्टीलाई वर्वादीतर्फ लैजान खोज्दै हुनुहुन्छ भन्ने लाग्छ । उहाँले कसरी पेलेर लानुहुन्छ ? पेलेर जान खोज्नुभयो भने त्यसको परिणाम के हुन्छ ? उहाँले सोच्नुप¥यो नि । मिलेर जाम र पेलेर लान्छु भन्ने एउटै एउटै कुरा हो ? यता मिलेर जाम भन्ने उता पेल्ने ? मिल्ने भनेको त्यहाँ हो । मिल्ने भनेको विषयमा पेल्न नमिल्ने ? एकता भनेको विषयमा हुन्छ । अहिलेको आवश्यकतामा हुन्छ । पार्टीको हित कहाँ छ त्यसमा मिल्ने कुरा हुन्छ ।
अहिलेको प्रमुख आवश्यकता नेपाली काँग्रेस पार्टीले छिटोभन्दा छिटो आफ्ना भित्रका सबै कुरा टुङ्ग्याएर र महाअधिवेशन गरेर अनि पुरै एकमन भएर जनतामा जाने हो र आउँदो चुनावको लागि तयारी गर्ने हो ।
उहाँले के–के गर्नुहुन्छ ? के गर्न खोज्दै हुनुहुन्छ त्यो मलाई थाहा छैन । हामीबीच विभागहरु गठनको बारेमा छलफल पनि भएको छैन । हामीले नांै बुँदे, बाह्र बुँदे पेश गरेका छौं, त्यही आधारमा छलफल गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यही अनुसार छलफल भइराखेको छ । हाम्रा बुँदाहरु प्रस्ट छन् ।
पहिलो त महाअधिवेशनको कार्य तालिका बन्न प¥यो, त्यसभित्र क्रियाशिल सदस्यताको कसरी टुङ्ग्याउने त्यो हुनुप¥यो । त्यसपछि गएर पार्टीको आउँदो चुनावहरु कहिले गर्ने त्यो तयार गर्नुप¥यो । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघलाई कसरी मिलाउने ? भन्ने छ । तरुण दल र ने.वि.संघको दुवै सभापति सहमतिले बनाउनुप¥यो ।
दुनियामा बहुमत गाह्रो हुन्छ ? दुईतिहाइ ल्याएर त के.पी शर्मा ओलीलाई गाह्रो भइराखेको छ । सबैको सहमति चाहियो । मेजुरिटिको नाममा पार्टीभित्र द्वन्द्व सिर्जना गरेर पार्टीलाई लगेर आगोको भुङ्ग्रोमा हाल्नु त भएन नि । पार्टीमा बहुमत छ भन्दैमा पेल्न पाइन्छ, प्रजातान्त्रिक पार्टीमा ? लोकतन्त्रमा सबै बहुमतले चल्ने भएदेखि जे मन लाग्छ त्यही गरे भइहाल्यो नि ।
बहुमतकै आधारमा उहाँले गर्ने हो भने दुई महिनाभित्र गर्ने भनेर विधानले भनेको थियो । विधान अनुसार किन दुई महिनाभित्र गर्नुभएन ? दुई महिनामा हुने कुरा चारवर्ष पु¥याएर गरेर अनि बहुमत भन्ने ? कसरी बहुमत जस्टिफाई हुन्छ ? काम विधानको परिधिभित्र रहेर गर्नुप¥यो नि । बहुमत पनि विधानको परिस्थिभित्र रहेर गर्नुप¥यो । विधानको परिधि पनि नाघ्ने ? सहमति पनि नगर्ने ? अनि म बहुमतले पेल्छु भन्न पाइन्छ ?
लानुभयो भनेदेखि त्यसको परिणाम सभापतिलेनै भोग्नुपर्छ । आम कार्यकर्ताको बिचमा हामी छौं नि त ? हामी कार्यकर्ताको बिचमा जान्छौं नि । हामी पनि यहाँ त्यसै बसेका छैनौं । उहाँले जथाभावी गर्नुभयो भने अप्रिय स्थिति आउँछ । मैले चाहिँ अहिले क्षमादानकोे लागि लिखित बुँदाहरुनै लेखेर पठाएको छु ।
साथीहरु बसेर त्यसमा छलफल गरेर टुङ्गो लगाऊ भनेको छु, त्यो बाटो नै जानुपर्छ । हाम्रो तर्फबाट प्रकाशमान जानु भएको छ । त्यहीबाट एउटा सहमति खोजिनुपर्छ । सहमति भएन भने महाअधिवेशन गर्ने । सहमति भएन भने खुरुक्क महाअधिवेशनको कार्य तालिका लिएर जाने महाअधिवेशनमा जसले जित्छ जित्छ, सबै कुराहरु महाअधिवेशनले टुङ्गो लगाउँछ र त्यसैबाट नयाँ सुरुवात हुन्छ ।
एउटा विशेष परिस्थितिमा कुनैबेला थपिएको म्यादलाई अहिले उसले थप्यो, उसले पनि थप्यो भन्ने सही तर्क हो र ? गिरिजाबाबुले गरेको सबै राम्रो कुरा उहाँले गर्नु भएको छ ? उहाँले अनुशरण गर्नुभएको छ ? अथवा गिरिजाबाबुबाट भएका सबै गल्तिहरु शेरबहादुर देउवा मान्न तयार हुनुहुन्छ ? अहिले आएर गिरिजाबाबुले पनि ढिलो गर्नुभएको थियो भन्ने पनि तर्क हो ? आजको आवश्यकता अहिले महाअधिवेशन नगरी नहुने भएको छ ।
त्यो बेलाको परिस्थिति अर्कै थियो । त्यतिबेला संविधान बन्दै थियो । हाम्रो चुनावको चुनौतिभन्दा पनि संविधानले निकास पाउने चुनौति थियो । त्यसको लागि त्यतातिर व्यस्त कारण अहिले देखाउन मिल्छ ? अहिले केहीपनि छैन । अरुले के–के गरे भनेर भन्नुभन्दा अहिले हाम्रो काम भनेको पार्टीलाई उर्जाशील बनाएर कार्यकर्तालाई तन्दुरुस्त राख्नु हो ।
समयमा आफ्नो काम गरेर पार्टीलाई तन्दुरुस्त बनाउनु पर्ने बेलामा अन्यत्र कुरा मोडेर पार्टीलाई फाइदा हुँदैन । त्यही भएर हामीले गएको चुनाव हारिसकेका छौं, यत्रो चुनाव हारेको बेला पनि यस्तो कुरा गर्ने हो ?
के परिवर्तन भयो ? के उन्नति, प्रगति भयो ? केही भएको छैन । विधान एउटा बनाएका छौं, त्यही लागु हुन गाह्रो भइराखेको छ । त्यो बनाएको विधान कार्यान्वयन गरौं न । अरुलाई दोष लगाएर हुन्छ । उहाँलाई काम गर्न कसले रोकेको छ ? उहाँसँग जति समय पनि थियो अहिले आएर काम गर्न दिएनन् भनेर हुन्छ ?
अन्त्यमा तपाईको लोकप्रिय पत्रिका नयाँ विकल्प साप्ताहिक मार्फत् मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद !
Ein Erfahrungsbericht zu Binnarybet: Getestet mit minimalem Budget. Wie schneidet die Auswahl, die Limits und der Coin-Shop im Alltag ab?
Sommige spelers willen zich urenlang settelen. Anderen willen tien minuten scherpe, gerichte actie — een paar spins, een paar blackjack-handen,...
Sommige spelers behandelen Chicken Road als een sprint. Anderen behandelen het als een schaakwedstrijd die je één vakje tegelijk speelt....