
काठमाडौं । नेपालमा शनिबार १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार थप एक सय ८९ जना थप संक्रमित सहित नेपालमा संक्रमितको सख्या १ हजार ४ सय १ जना पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा एक सय २४ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो । टेकुमा गरिएको परिक्षणबाट सबैभन्दा धेरै कपिलबस्तुमा ७७ जना र धनुषामा ७ जजना, ललितपुरमा १ जना, महोत्तरीमा ४ जना, रौतहटमा ६ जना र सर्लाहीमा १७ जनामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, सिरहामा ११ जना, कपिलबस्तुको यसोधरामा २९ जना, सप्तरीमा ९ जना, कपिलबस्तुकै विजयनगरमा ३ जना, दाङको हापुरेमा १ जना, बंगलाचुलीमा ४ जना, बारामा १ जना, पर्षामा २ जना, दैलेखमा १४ जना र संखुवासभाको खाँदबारीमा २ जनामा संक्रमण पुष्टी भएको छ ।
शनिबार संक्रमण पुष्टी भएका एक सय ८९ जनामध्ये १ सय ८५ जना पुरुष र १ जना महिला रहेका छन् । कोरोनाका कुल संक्रमित एक हजार ४ सय १ जनामा १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला छन् ।
संक्रमितको सख्या बढेसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको सख्या पनि बढेर २ सय १९ पुगेको छ । डिष्चार्ज हुनेमा १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन् । शनिबार १३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
टेकुमा रहेका वुढानिलकण्ठ र टोखाका २ जना छन भने अन्य जिल्लाका स्थायी वासिन्दा भएका ९ जना बलम्वुबाट डिष्चार्ज भएका छन् । यस्तै अछाम घर भएका कोलहपुरका १ र रुकुम घर भएका बलम्वु निवासी पनि डिष्चार्ज भएका छन् ।
नेपालमा कोरोनाबाट सबैभन्दा बढी संक्रमित प्रदेश २ र प्रदेश ५ मा भेटिएको छ । दुवै प्रदेशमा ५ सय ४७ र ५ सय ४७ जनामा संक्रमण पुष्टी भएको छ । प्रदेश १ मा १ सय ७ जना, वागमति प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ६१ र सूदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित छन् ।
शनिबार प्रदेश १ को संखुवासभामा समेत कोरोना संक्रमित भेटिएपछि संक्रमण फैलिएको जिल्लाको सख्या ५३ पुगेको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...