
काठमाडौं।इन्जुरी समयमा रक्षक अनन्त तामाङले गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशसँग हार टारेको छ ।इन्जुरी समयको तेस्रो मिनेटमा अनन्तले उत्कृष्ट फिल्क गोल गरेपछि नेपालले बंगलादेशलाई उसैको मैदानमा २–२ को बराबरीमा रोकेको हो ।
खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । २९औँ मिनेटमा रोहित चन्दको गोलमा नेपालले अग्रता बनाएको थियो । तर, ४६औँ मिनेटमा हम्जा चौधरीले गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो । हम्जाले उत्कृष्ट ‘एक्रोबेटिक’ गोल गर्दै घरेलु समर्थकमाझ बंगलादेशलाई खेलमा फर्काएका थिए । त्यसको चार मिनेटपछि नै हम्जाकै गोलमा बंगलादेशले २–१ को अग्रता बनायो । हम्जाले पेनाल्टीमार्फत गोल गरे ।
तर, इन्जुरी समयमा अनन्तले ‘फिल्क’ गोल गरेपछि नेपाल खेलमा फर्किएको हो । दिनेश हेन्जनले गरेको कर्नरलाई अनन्तले जाली चुमाएका हुन् ।
काठमाडौं : सरकारले २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ । खेलकुद विकास...
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ ।...
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै...