इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इङ्ल्यान्डका स्टार खेलाडी जुड बेलिङहम नायक बने । उनले अतिरिक्त समयमा दुई महत्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाए ।

खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले आकर्षक गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा बेलिङहमले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा बेलिङहमले दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई २–१ को महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै इङ्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित समाचार

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ असार २८, ०७: १६

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ असार २८, ०७: १६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ असार २८, ०७: १६

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...