
नयाँ विकल्प,
काठमाडौं – एएफसी यू २३ च्याम्पियनसीप छनोटमा नेपाल समूह बी मा परेको छ । एसियाली फुटबल महासङ्घ ‘एएफसी’ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल रहेको वेष्ट जोन समूहमा इरान, ताजकिस्तान र लेबनान रहेका छन् ।
समूह बी का खेल ताजकिस्तानमा सञ्चालन हुनेछन् । नेपालले पाचौँ पटक यु–२३ छनोट प्रतियोगिता खेल्न लागेको हो । नेपाल हालसम्म छनोट चरण पार गर्न असफल भएको छ ।
एएफसी यू २३ च्याम्पियनसीप छनोट प्रतियोगिताका लागि २३ देशलाई ६ समूहमा विभाजन गरिएको छ । पाँच समूहमा चार चार तथा एउटा समूहमा तीन देश रहेका छन् ।
यस्तै इस्ट जोनमा रहेका १९ देशलाई पाँच समूहमा विभाजन गरिएको छ ।छनोट चरणका खेल आगामी कात्तिक ६ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।
एएफसी यू २३ च्याम्पियनसीप भने सन् २०२२ को जून महिनामा उज्वेकिस्तानमा आयोजना हुनेछ । उज्वेकिस्तान आयोजकको रुपमा सो प्रतियोगिताका लागि स्वतः छनोट भएको छ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...