१३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता नेपालमा आयोजना हुन्छः प्रधानमन्त्री ओली – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

१३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता नेपालमा आयोजना हुन्छः प्रधानमन्त्री ओली

नयाँ विकल्प


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार अर्थात आज युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेशन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मान पत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका साथ अभ्यास गर्न सुझाव दिए।

प्रधानमन्त्री ओलीले साफ फुटबलको तयारी थाल्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिए ।

आयोजक देश बङ्गलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले प्रस्ताव अघि बढाएको सन्दर्भमा प्रधानमन्त्री ओलीले उपाधि जित्नका लागि कडा मेहनत आवश्यक भएकाले नेपाली टोलीलाई जित्ने लक्ष्य लिएर मैदानमा उत्रिन आग्रह गरे।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ असार २७, २२: २६

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ असार २७, २२: २६

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०७८ असार २७, २२: २६

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...