
नयाँ विकल्प,
काठमाडौं – आफ्नो अभिव्यक्तिले विवादमा तानिएका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन् ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् ।
अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए ।
उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो । नेपालका पूर्व खेलाडी र फुटबल समर्थकहरुले उनको अभिव्यक्तिमा विरोध जनाएका थिए ।
प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका छन् ।
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...
काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...