अलमुताइरीले अनुशासन दायरा नागेको एन्फाका पूर्वप्रवक्ता राईको भनाइ – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

अलमुताइरीले अनुशासन दायरा नागेको एन्फाका पूर्वप्रवक्ता राईको भनाइ

नयाँ विकल्प,

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको बताएका छन् ।

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मङ्गलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्वप्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासनभन्दा बाहिर भएको बताएका छन् ।

एक हप्ताअघि एन्फामा बसेको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । त्यही आधारमा खेलकुद मन्त्रालयले राखेपलाई समिति गठन गरेर छानबिन गर्न निर्देशन दिएको थियो ।

तर एन्फा प्रवक्ता किरण राईले एन्फामा आफ्नै छानबिन, अनुशासन समितिलगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भएअनुसार काम नभएको भन्दै तेस्रो पक्षमा छानबिन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राजीनामा दिएका थिए ।

छानबिन समितिले मङ्गलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । प्रशिक्षक अलमुताइरी भने पोखरामा रहेका छन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २६, २०: ३५

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ श्रावण २६, २०: ३५

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ श्रावण २६, २०: ३५

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...