
नयाँ विकल्प, काठमाडौं – न्युजिल्यान्डसँगको पहिलो टी–२० खेलमा बङ्गलादेश सात विकेटले विजयी भएको छ ।
न्युजिल्यान्डले दिएको ६१ रनको सामान्य लक्ष्य बङ्गलादेशले १५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
बङ्गलादेशका शाकिब अल हसनले २५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १६ ओभर पाँच बलमा अलआउट हुँदै ६० रनमा सीमित भयो ।
न्युजिल्यान्डका टम लाथम र हेनरी निकोलसले समान १८–१८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
जितसँगै बङ्लादेशले पाँच खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ ।
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त तीन मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त...
काठमाडौं : काठमाडौंको बानेश्वर क्षेत्रमा डिउटीमा खटिएकी एक महिला प्रहरी जवानमाथि हातपात भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ...