सन्दिप लामिछानेको शानदार बलिङले नेपालको जित – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सन्दिप लामिछानेको शानदार बलिङले नेपालको जित

नयाँ विकल्प,

काठमाडौं – स्पीनर सन्दीप लामिछानेको ६ विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ ।

ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए ।

५.१ ओभर बलिङ गरेका उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै म्यान अफ द म्याच बन्न सफल भएका छन् ।

१५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न पनिसफल भयो ।

यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट हुन पुगेको हो ।

१९ . १ ओभरको खेल खेल्दाखेल्दै पपुवान्युगिनी अलआउट हुन पुगेको हो ।


सन्दिप बाहेक आजको खेलमा सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले पनि १–१ विकेट लिए ।

आजको डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।

नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनको योगदान दिए ।

सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यसैगरी केसीले २६ बलमा ४२ रन बनाए ।

यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाएका थिए ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २५, २३: ४८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २५, २३: ४८

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २५, २३: ४८

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...