नेपालद्धारा ओमानलाई १ सय ९७ रनको लक्ष्य – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

नेपालद्धारा ओमानलाई १ सय ९७ रनको लक्ष्य


नयाँ विकल्प,

काठमाडौं– आईसीसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभर ४ बलमा १ सय ९६ रन बनाउँदै अलआउट भयो ।

नेपालका लागि आसिफ शेखले ९० रन बनाए ।


एक सय १२ बल खेलेका आसिफले सात चौका र एक छक्काको मद्दतमा ९० रन बनाए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

त्यस्तै ज्ञानेन्द्र मल्ल र करण केसीले २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।

बलिङतर्फ ओमानका बिलाल खानले चार विकेट लिए ।

त्यस्तै नेस्तोर धाम्बाले दुई विकेट लिए ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ ।

ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र २९, २१: १०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र २९, २१: १०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र २९, २१: १०

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...